"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मानव अधिकार प्रवर्धनमा धार्मिक तथा सामाजिक अभियन्ताहरूको भूमिका विषयक अन्र्तक्रिया सम्पन्न

No data was found

Khabar Raftar

साउन २८ धनगढी । कैलालीको गौरीगंगा नगरपालीका वडा नम्बर ३ झिलमा दलित र महिलाहरुको मानव अधिकार प्रवर्धनमा धार्मिक तथा सामाजिक अभियन्ताहरूको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार दलित महिला संघ (ँभ्म्इ) कैलालीले आयोजना गरेको दलित र महिलाहरुको मानव अधिकार प्रवर्धनमा धार्मिक तथा सामाजिक अभियन्ताहरूको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

“समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद“ भन्ने मुल नारका साथ दलित र महिलाहरुको मानव अधिकार प्रवर्धनका लागी धार्मीक तथा सामाजिक अभियन्ताहरुसंग अन्र्तक्रिया गरिएको हो ।

दलित महिला संघ (ँभ्म्इ) कैलालीका कार्यक्रम संयोजक विनोद घिमीरेले महिलाहरुले खेप्नु परेको विभिन्न हिंसाका बारेमा आफ्नो प्रस्तुती राखेका थिए । लैङगीक विभेद र जातीय विभेद हटाउन सरकारले ठुलो लगानी गरेको भए पनि प्रतिफ आउन नसकेको उनले बताए ।

लैङगीक विभेद र जातीय विभेद हटन नसकेकाले दिगो विकासका लक्षयहरुमा समेत असर परिरहेका उनले बताए । नेपालले १८ वटा अन्र्तराष्ट्रिय महासन्धीहरुमा हस्ताक्षर गरेको बताउदै उनले दिगो विकासको लक्षय प्राप्त गर्न सबैखाले हिंसा र विभेदको अन्त्य गरिनु पर्ने बताए ।

नेपालमा सबै भन्दा बढी एक बर्षमा देशभरी घरेलु हिंसाका १९ हजार ६ सय ९१ वटा उजुरी परेको बताए । जसमा १ हजार ९ सय ८३ जना दलित महिलाहरुले उजुरी दर्ता गराएको जानकारी गराए ।

त्यसैगरी बलात्कारका १ हजार ८६ वटा उजुरी मध्ये १ यि ७६ जना दलित महिलाहरुले बलात्कारको उजुरी दिएको जानकारी गराए । यसरी हिंसा बढ्दै गएकाले धार्मीक तथा सामाजिक अभियन्ता सचेत भएर यसको न्यूनीकरणका लागी लाग्नु पर्ने बताए ।

कार्यक्रमका सहहभागी ज्योतीष खगेन्द्रराज जोशीले जन्मदा सबै शुद्र भएर जन्मीएको बताउदै काही सानो ठुलो नभएको बताए । मुखबाट ब्राहमण, पाखुरीबाट क्षेत्री, पेटबाट बैशय र खुट्टाबाट शुद्र जन्मीएको कुरा पाखण्डी तर्क भएको बताए । उनले मानव सबै समान भएको बताउदै कोही सानो ठुलो नभएको बताए ।

त्यसैगरी महिनाबारीका विषयमा बोल्दै उनले महिनाबारी हुनुले महिला बच्चा जन्माउन योग्य भएको प्रमाण भएको बताए । रजश्वला भएकी महिलालाई पनि विभेद गर्न नहुने बताउदै उनले रजश्वला शुद्धीकरणको प्रकृया भएको बताए ।

बाल्मीकी श्रषी पनि दलित भएको बताउदै उनले कर्मले मान्छे उच निच हुने बताए । जातीय विभेद र लैङगीक हिंसा विरुद्ध चर्को भाषण गर्नेहरुले ब्याबहारमा लागु गर्नु पर्ने उनले बताए ।

मान्छेलाई छुन नपाउँदाको पीडा कोरानाको समयले देखाई सकेको बताउदै उनले सदीयौ बर्ष देखि दलित भनेर विभेदको शिकार हुदै आएका दलित समुदायको पीडा सबैले बुझ्नु पर्ने बताए । त्यसैगरी अभियन्ता तारा नेपालीले धर्म संस्कारले उत्पादन गरेका पाखन्डी सोचहरुलाई बदल्नु पर्ने बताए ।

चेतना सबै भन्दा ठुलो कुरा भएको बताउदै उनले चेतनालाई चैतन्यमा परिणत गर्न सके मात्र मानवता देखिने बताए । मस्तिष्कमा जीवनको ज्ञान हुन जरुरु िभएको बताउदै उनले धर्मका नाराले नभई भेगाईका कथाब्यथाहरुले मानव जीवनमा उर्जा थपेर सबैलाई मानव बनाउने चेतनाको विकास हुन जरुरी भएको बताए ।

त्यसैगरी कैले टमट्टाले आफु सचेत भए कसैले विभेद गर्न नसक्ने बताउदै सबैलाई सचेत गराउन जरुरी भएको बताए । महिला पुरुष बराबरी भएको बताउदै उनले जातीय विभेद र छाउपडी प्रथा मान्नु नहुने बताए । कार्यक्रमका प्रमुख अथिती गौरीगंगा नगरपालीका वडा नम्बर ३ का वडा सदस्य धनीराम आचार्यले जातीय विभेद र लैङ्गिक हिंसा चरम उत्कर्षमा रहेको बताए ।

जातीय विभेद विरुद्ध अभियान चलाउनु पर्छ भनेर आफुले संघर्ष गर्दै आएको बताउदै उनले दलित भित्रको विभेदलाई पहिले हटाउनु पर्ने बताए । जातीय विभेद विरुद्धका आन्दोलनहरुमा सधै आफ्नो ऐक्यबद्धता रहने बताउदै उनले बाहुनको छोरो भएर पनि खराव संस्कृतीको विरोध गर्दै आएको बताए ।

उनले आफुले ब्रतबन्धमा पनि कपाल नखौरेको बताउदै जनै पनि नलगाएको बताए । ब्रत बसेको अबश्थामा श्रीमतीले खुट्टा धोएर पानी खाने परम्पराको समेत आफु विरोधी भएको उनले बताए ।

कार्यक्रमका सभापती,दलित महिला संघ कैलालीका अध्यक्ष तथा केन्द्रिय सदस्य सविना सुनारले धनगढी उपमहानगरपालीका र गौरीगंगा नगरपालीकामा समुह बनाएर छलफल गरेर स्थानीइ तहसंग सम्न्वय सहकार्य गरेर संस्थाले चेतनाको स्तर बढाउने काम गर्दै आएको बताईन ।

सबैखाले विभेदको अन्त्यका लागी चेतनाको स्तर बढाउनु पर्ने बताउदै उनले कुरामात्र गर्ने ब्यावहारमा लागु नगर्ने संस्कारलाई बदल्नु पर्ने बताईन । माान्छेको सोच अहिले पनि परिबर्तन हुन नसकेको बताउदै उनले लैङगीक हिंसा र जातीय विभेदको जड पुरातन सोच भएको बताईन ।

दलित जात नभई समुदाय भएको बताउदै उनले जातीय विभेद विरुद्ध । लैङगीक हिंसा विरुद्ध सबैले आवाज उठाउनु पर्ने बताईन । कार्यक्रमको सञ्चालन संस्थाकी सामाजीक परिचालिका पशुपती शाहले गरेकी थिईन ।


 

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो