"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रत्यक्ष र समानुपातिक सांसदका करोडका योजना सम्बोधन

No data was found

Khabar Raftar

जेठ ३१ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभा सदस्यका योजनालाई सम्बोधन गरेको छ । सरकारले प्रत्यक्ष र समानुपातिक प्रदेशसभा सदस्यका लागी क्रमशः पाँच र तीन करोडको योजना बजेटमा समावेश गर्ने गरी सम्बोधन गरेको हो । आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणको कार्य लगभग टुङ्गिएको आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताए ।

उनले प्रत्यक्ष र समानुपतिक प्रदेश सभा सदस्यका लागी क्रमशः पाँच र तीन करोड कार्यक्रम समावेश गरेर बजेट बनेको बताए । प्रदेश सरकारले असार १ गते सभामा बजेट प्रस्तुत गर्नु पर्ने कानुनी प्रावधान रहेको छ । सोही अनुरूप बजेट तयारीको काम पूरा भइसकेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्यले प्रदेश सरकारले सबैलाई सामान रूपले हेर्नु पर्ने सदनमै आवाज उठाएका थिए । तर समानुपातिकलाई पाँच करोड हुन नसकेको नागरिक उन्मुक्ति पार्टीका समानुपातिक प्रदेश सभा सदस्य इन्दिरा गिरीले बताइन् ।

सरकारको निर्णयलाई चित्त बुझाउनै प¥यो”, उनले भनिन्, “हामी समानुपातिकले त सांसदलाई यत्तिमा सिमित राख्नु हुँदैन र यस्तो बजेट राख्नु हुँदैन भन्ने आवाज उठाएका थियौं ।” एउटै सडक बनाउन दुई, तीन करोड रुपैयाँ आवश्यक पर्ने भएकाले सरकारले प्रदेशसभा सदस्यलाई यत्तिमा सिमित राख्नुभन्दा ठुला कार्यक्रमहरू अगाडि बढाउनु पर्ने गिरीले बताईन ।

उनले पाँच करोड, तीन करोड रुपैयाँले जनताको माग, मुद्दा सम्बोधन नहुने बताईन । प्रदेशसभा सदस्यलाई तोकिएको रकम बराबर हुने गरी प्रदेशसभा सदस्यले भौतिक विकास, सामाजिक विकास, बाटाघाटा निर्माण लगायतका योजनाहरू समावेश गरिएको जनाइएको छ ।

विगतमा सांसद् विकास कोष नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसदहरूलाई बजेट दिइन्थ्यो । त्यस कार्यक्रम अन्तर्गत सांसदले मनपरी ढङ्गले योजना राख्ने गरेको भन्दै कार्यक्रम बदनाम बनेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आकार बढाएर बजेट ल्याउने तयारी गरेको बुझिएको छ । आर्थिक वर्ष २०८२÷८३ मा बजेटको आकार बढ्ने नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारले बताए । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३१ अर्ब ५३ करोड ६६ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो