"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका १३ वटा पालिकालाई ७ अर्ब बजेट विनियोजन

No data was found

Khabar Raftar

जेठ २१ धनगढी । संघीय सरकारले कैलालीका १३ वटा पालिकालाई आर्थिक वर्ष २०८२÷०८३ का लागि ७ अर्ब ११ करोड १८ लाख रुपैया बजेट विनियोजन गरेको छ । कैलालीका एक उप महानगरपालिका,छ वटा नगरपालिका र छ वटा गाउँपालिका गरि १३ वटा पालिकालाई संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ११ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
विनियोजन गरिएको बजेटमा चालुतर्फ ५ अर्ब ६६ करोड ४ लाख र पुँजिगततर्फ १ अर्ब ४५ करोड १४ लाख रुपैयाँ रहेको छ ।

जसमा समानिकरण अनुदानतर्फ २ अर्ब ४ करोड ६१ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ४ अर्ब ७१ करोड ४१ लाख, विषेश अनुदानतर्फ १८ करोड १५ लाख र समपूरक अनुदानतर्फ १७ करोड १ लाख गरि ७ अर्ब ११ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन ग रिएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि संघ सरकारले कैलालीका १३ वटा पालिकालाई ६ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

आगामी आर्थिक वर्षको लागि संघीय सरकारले बजेटको आकार बढाउँदै उक्त बजेट विनियोजन गरेको हो । कैलालीमा बजेटको आकार बढेर आएको भए पनि नगरपालिकारूको बजेट भने घटेर आएको छ । सबैभन्दा धेरै लम्कीचुहा नगरपालिकाको बजेट घटेको छ । आर्थिक बर्ष २०८१÷०८२ मा लम्कीचुहालाई ६२ करोड ८६ लाख विनियोजना गरिएकोमा आर्थिक वर्ष २०८२÷०८३ का लागि ५५ करोड २९ लाख रुपैयाँ संघीय सरकारले विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८२÷०८३ का लागि ७ करोड ५७ लाख रकम घटाईएको हो । त्यसैगरी गोदावरी नगरपालिकामा आर्थिक वर्ष ०८१÷०८२ मा गोदावरी नगरपालिकालाई ६८ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएकोमा आर्थिक वर्ष ०८२÷०८३ का लागि ६७ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ । संघीय सरकारले १ करोड ३२ लाख बजेट घटाएको हो ।

गौरीगंगा नगरपालिकालाई भने बजेट बढेर आएको छ । गौरीगंगा नगरपालीकालाई ६८ लाख बढि अर्थात ४२ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक बर्ष २०८२÷०८३ का लागि छ वटा नगरपालिकाका लागि ३ अर्ब १६ करोड ८८ लाख बजेट विनियोजन गरिएको छ भने ४ वटा गाउँपालिकाहरुका लागि २ अर्ब ९५ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

एक मात्र उप महानगरपालिका धनगढी उप महानगरपालिकालाई ९९ करोड १ लाख रुपैयाँ विनियाजन गरेको छ । आर्थिक बर्ष २०८१÷०८२ को तुलनामा घोडाघोडी नगरपालिकालाई २ करोड २० लाख कम गर्दै ६२ करोड ५१ लाख, टीकापुर नगरपालिकालाई २ करोड २६ लाख कम गर्दै ५२ करोड ७८ लाख र भजनी नगरपालिकालाई २ करोड ६८ लाख कम गर्दै ४१ करोड ७६ लाख रुपैयाँ आर्थिक बर्ष २०८२÷०८३ का लागि विनियोजन गरिएको छ ।

त्यसैगरी नगरपालिकाको बजेट घटाइएको अवस्थामा गाउँपालिकाको बजेट भने बढाइएको छ । सबैभन्दा धेरै जोशीपुर गाउँपालिको बजेट बढेको छ । आर्थिक बर्ष २०८१÷०८२ मा ३९ करोड ३८ लाख बजेट रहेकोमा जोशीपुरमा आर्थिक बर्ष २०८२÷०८३ का लागि २५ करोड ९ लाख बढि अर्थात ५२ करोड २७ लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी जानकी गाउँपालिकामा पनि बजेट बृद्धि भएको छ । १७ करोड ९० लाख बढि बजेट बृद्धी भएको जानकी गाउँपालिकालाई ६४ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ । कैलालरी गाउँपालिकाको बजेट भने घटाइएको छ ।

४ करोड ३४ लाख रुपैयाँ कम गर्दै कैलारीलाई ४७ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी महोन्याल गाउँपालिकाको पनि बजेट घटाइएको छ । आर्थिक बर्ष २०८१÷०८२ मा ३४ करोड ४८ लाख रुपैयाँ विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि १ करोड ५७ लाख कम अर्थात ३२ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बर्दगोरियालाई पनि १५ करोड १५ लाख रुपैयाँ बढि विनियोजन गर्दै ५२ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको छ । चुरे गाउँपालिकालाई १ करोड ७३ लाख बजेट बृद्धी गर्दै ३३ करोड ४९ लाख रुपैयाँ आर्थिक बर्ष २०८२÷०८३ का लागि विनियोजन गरिएको छ । कैलालीका ११ वटा पालिका बाहेक लम्कीचुहा र भजनी नगरपालिकाले विषेश अनुदान पाउन सकेनन् ।

आर्थिक बर्ष २०८१÷०८२ का लागि पनि भजनी नगरपालीकाले विषेश अनुदान पाएको थिएन । लम्कीचुहाले भने विषेश अनुदानतर्फ १ करोड १० लाख रुपैयाँ पाएको थियो । नेपालको संघीय शासन प्रणाली अन्तर्गत, स्थानीय तहहरूले चार प्रकारका अनुदानहरू प्राप्त गर्ने गरेका छन । वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, र समपूरक अनुदान ।

यी अनुदानहरूको उद्देश्य स्थानीय तहहरूको वित्तीय क्षमता सुदृढ पार्नु, सेवा प्रवाहमा सुधार ल्याउनु, र समावेशी विकास सुनिश्चित गर्नु हो । वित्तीय समानीकरण अनुदानमा स्थानीय तहहरूको खर्च आवश्यकता र राजस्व संकलन क्षमताको आधारमा प्रदान गरिन्छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा संघीय सरकारले प्रदेश तथा स्थानीय तहहरूलाई यो अनुदान उपलब्ध गराउँछ । यसले सबै तहहरूलाई न्यूनतम सेवा प्रवाह सुनिश्चित गर्न मद्दत र्पुयाउँछ ।

त्यसैगरी सशर्त अनुदान विशिष्ट योजनाहरू कार्यान्वयन गर्नका लागि प्रदान गरिन्छ । जसमा निश्चित शर्तहरू पालना गर्नुपर्ने हुन्छ । उदाहरणका लागि, शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा तोकिएको मानक अनुसार योजना सञ्चालन गर्न यो अनुदान दिइन्छ । संघीय वा प्रदेश सरकारले राष्ट्रिय नीति तथा कार्यक्रम अनुसार सशर्त अनुदान प्रदान गर्छन् ।

त्यसैगरी विशेष अनुदान आधारभूत सेवाहरूको विकास, अन्तरप्रदेश वा अन्तरस्थानीय तहहरूको सन्तुलित विकास, र आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारले विभेदमा परेका वर्ग वा समुदायहरूको उत्थानका लागि प्रदान गरिन्छ । उदाहरणका लागि, पिछडिएको क्षेत्र वा दलित समुदायका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्न यो अनुदान दिइन्छ ।

समपूरक अनुदान पूर्वाधार विकास सम्बन्धी योजनाहरू कार्यान्वयन गर्न लागत साझेदारीको आधारमा प्रदान गरिन्छ । स्थानीय तह वा प्रदेशले उपलब्ध स्रोतको आधारमा केन्द्रसँग थप अनुदानको माग गर्न सक्छन् । योजना कार्यान्वयनको सम्भाव्यता, लागत, प्रतिफल, र आवश्यकताको आधारमा यो अनुदान प्रदान गरिन्छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो