हामी किसान हौ । हाम्रो पेशा कृषी हो । हाम्रो देश कृषी प्रधान देश भए पनि हामी किनेर खान बाध्य छौ । कारण हामी नामका किसान मात्र भएका छौ । हामीसंग जमीन छैन तर पनि हामी किसान छौ । जमीन भएर पनि बाजो राखिएको छ तर पनि हामी किसान छौ । आगनमा तरकारी छैन तर पनि हामी किसान । बारी बाझै छ तर पनि हामी किसान । किनकी नेपालीको पेशा कृषी नै हो ।
चाहे त्यो भारतमा गएर श्रम बगाओस, या बेरोजगार भएर घरमै बसोस । यस्तै छ हाम्रो देशको स्थिति । हामी विना कामका किसान, जमीन विनाका किसान । जसले जीन्दगी खेती किसानीमै विताएका छन ती बास्तविक किसानको पनि सकाले कदर गर्न सकेको छैन । अहिले पनि किसानले भोक भोकै मर्नु पर्ने अबश्था छ । समयमा किसानले विउ पाउदैनन । समयमा मल खाद पाउदैनन । सिचाईको उचित प्रबन्ध छैन, बालीको कुनै संरक्षण छैन । सरकारी सपोट पर्याप्त छैन ।
त्यसैले किसान भोकभोकै बस्नु पर्ने अबश्था छ । पछिल्लो समय किसानहरुलाई कृषी औजारहरु वितरण गर्ने कार्य बढ्दै गएका छन, गर्नु पनि पर्छ । कृषि ज्ञान केन्द्रले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री हस्तान्तरण गर्दै आएको छ ।
यो असाध्यै राम्रो काम हो । अझै यस्ता कार्यहरुलाई निरन्तरता दिन आवश्यक छ । किसानको नाम्मा गैर किसानले पनि यस्ता सहयोग पाउने गरेका उदाहरणहरु पनि छन । तर यस्ता कार्यहरु रोकथाम गर्न आवश्यक छ ।
पार्टी कार्यकर्ता र नातागोता आफन्तलाई अनुदान दिने गरिएका उदाहरणहरु छन । यस्ता कार्यहरु हुनु हुदैन भन्ने कुरामा सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ । कमीशनको लोभमा यस्ता कार्यहरु हुदै आएका छन ।
यस्ता कार्यहरुले किसानलाई हत्तोतसाहित बनाउने हुदा बास्तविक किसानहरुलाई अनुदान दिएर प्रोत्साहन गरौ । मेरो देश कृषी प्रधान देश हो भन्ने कुराको विश्वास बास्तविक किसानलाई महशुस हुने गरी काम गरौ । किसानलाई प्रोत्साहन गरौ । किनेर खाने बाध्यतामा रहेको कृषी प्रधान देशलाई निर्यात गर्ने देशका रुपमा स्थापीत गर्न कृषी कार्यमा लागौ, उत्पादन बढाऔ ।

