जब अन्तिम समय आउछ,अनि हामी तातीन्छौ । बर्षभरी आनन्दले बस्ने र बर्षको अन्तिम समयमा विकासका नाम्मा सबै बजेट सक्ने हाम्रो संस्कृती छ । हतारमा गल्ति गर्ने र फुर्सदमा पछुताउने हामी नेपालीहरुको बानी परि सकेको छ । अझ आफ्ना लागी र आफन्तका लागी मरीमेटने संस्कार हाबी हुदै गएको छ । जसरी पनि आफु र आफु निकटकालाई पोष्ने काम प्राय नेताहरुबाटै हुदै आउने गरेका छन । विकास निर्माणका कामहरुलाई हेर्ने हो भने आधा भन्दा बढी बजेट असारमा सकिने गरेका छन ।
जनसहभागिताको नाम्मा नेताका कार्यकर्ता र आफन्तलाई दिएका कामहरु असारमा मात्र हुने गरेका छन । बा“की ११ महिनामा नहुने कामहरु असारको १५ विस दिनमै सक्ने प्रबृतीको विकास भएको छ । यस्तो संस्कारलाई रोक्न आवश्यक छ । असारमा विकास गर्ने संस्कृतीको अन्त्य गरिनु पर्छ । असारे विकासले नेता कार्यकर्ताहरुको मात्र प्रगती हुने भएकाले यस्तो संस्कारको अन्ग् गर्न जरुरी छ । बजेट फिर्ता गए राज्यको ढुकुटीमा जम्मा हुन्छ । फेरी काम लाग्छ ।
आएको बजेट सकौ भनेर हतारमा काम गर्दा नता विकास हुन्छ । नता बजेट रहन्छ । काम पनि हुदैन बजेट पनि रहदैन । त्यसैले असारे विकासलाई रोक्न जरुरी छ । स्थानीय तह र प्रदेशमा विकास निर्माणका कार्य सञ्चालन गर्दा उपभोक्ता मार्फत गर्ने अवधारणा ल्याउनु आफैमा असल काम हो । तर यसको फाईदा पार्टीका नेता कार्यकर्ताहरुले लिने गरेका छन ।
त्यसैले योजना सञ्चालन गर्दा प्रभावकारी बन्न सकदैन । काम गर्दा दिगोपना र अपनत्वभावका साथ गर्न जरुरी छ । विकास निर्माणका कामहरु समयमै हुन जरुरी छ । कमशल सामाग्रीको प्रयोग र हतारमा गरिने काम राज्यको रकम सक्ने बेथिति भएकाले यस्तो बेथिति रोक्न जरुरी छ । असारे विकासको अन्त्यका लागि सम्बन्धित पक्ष सबै जीम्मेवार बन्न जरुरी छ ।
उपभोक्ता मार्पmत काम गर्दा कार्यकर्ताले लुट मचाउने र टेण्डर मार्फत काम गर्दा सबै भन्दा कम रकम कबोल गर्नेले ठेक्का पाउने भएकाले काम राम्रो नहुने अबश्था छ । यस्तो अबश्थाबाट माथी उठेर काम गर्न जरुरी छ । काम पनि राम्रो हुने र लुटन पनि नसकिने गरी सरकारले ब्याबश्था गर्न जरुरी छ । असारे विकासको संस्कृतीलाई बदल्न जरुरी छ ।

