"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जातीय विभेदको अन्त्य गर्न कानुनको कार्यान्वयन गरौ

No data was found

Khabar Raftar

बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर–३ जुड्डीमा होटलमा पानी छोएको निहुँमा दलित समुदायका बाल बालिकालाई जातीय विभेद गरिनु दुखद विषय हो । स्थानीय होटल व्यवसायी बाँचा भण्डारीले पानी छोएको भन्दै गाली गलौज गरेर दलित समुदायका बाल बालिकालाई जातीय विभेद गर्नु कानुनी राज्यको बर्खिलाफ हो ।

वडा नम्बर ३ को बेर्ना गाउँका ३ जना बालबालिकालाई पानी छोएको नीहुमा जातीय विभेद गरेकी भण्डारीलाई कानुनी कारबाही गरिनु जरुरी छ । पानी छोएको भन्दै बालबालिकालाई सामाजिक रुपमा खलल पुर्याउने शब्द प्रयोग गर्दै गालीगलौज गरी जातीय विभेद गर्नु कानुनी रुपमा अपराध हो । कानुन विपरित कार्य गर्ने यस्ता अपराधीलाई कानुनी दायरामा ल्याउन जरुरी छ ।

लोकतान्त्रीक युगमा पनि जातीय विभेदका घटना हुनु कानुनी राज्यको खिलाफ हो । जगन्नाथ गाउँपालिकाको केन्द्र रहेको जुड्डीमा जातीय विभेद गरिनु आफैमा शर्मको विषय हो । जातीय विभेद गर्ने उल्टै पीडीतहरुलाई छोरी जिस्काएको आरोप लगाउने काम झनै सिनन्दनीय छ । जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ पारीत भई सकेर कार्यान्वयनमा आई सकेको भए पनि अझै यस्ता घटनाहरु घटने गरेका छन ।

जातीय भेदभाव तथ छुवाछूत (कसुर र सजाय) नियमावली २०७४ ले प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा उत्पत्ति जातजाति वंश समुदाय, पेशा,व्यवसाय र शारीरिक अवस्थाका आधारमा छुवाछूत तथा भेदभाव गर्न नहुने ब्याबश्था गरेको भए पनि जातीय विभेद बढ्दै गएको छ । नियमावलीले प्रत्येक व्यक्तिको समानता स्वतन्त्रता सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई पनि स्थापित गरेको छ । तर पनि जातीय विभेदका पीडकहरुलाई कारबाही हुन नसकेको अबश्था छ ।

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा १२ मा समान व्यवहार गर्नुपर्ने ब्याबश्था गरिएको छ भने श्रम ऐन २०७४ को दफा ६ ले पनि भेदभाव गर्न नहुने ब्याबश्था गरेको छ । तर यी सबै प्राब्धानहरु हात्तीको देखाउने दात जस्तै बन्दै गएका छन । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ ले समेत कसैलाई निजकोउत्पत्ति धर्म, वर्ण, जातजाति, लिङ्ग, समुदाय, पेशा, व्यवसायको आधारमा भेदभाव गर्न नपाइने ब्याबश्था गरेको छ ।

यती धेरै कानुनी ब्याबश्थाहरु हुदा हुदै पनि सदियौं देखि जातीय छुवाछूतको पीडा भोग्दै आएका दलित समुदायलाई राज्यले गर्ने ब्याबहार अहिले पनि उस्तै छ । नीति र कानुनले मात्र जातीय विभेदको अन्त्य नहुने भएकाले कानुनलाई लागु गर्न जरुरी छ । संविधानले सामाजिक अपराधका रुपमा लिएको जातीय विभेद दलित समुदायले अहिले पनि भोग्दै आएका छन । जातीय विभेदको अन्त्य गर्न कानुनको कार्यान्वयन गर्न आवश्यक छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र