खुल्ला सिमानाका कारण सिमा क्षेत्रमा हुने अपराध बढ्दै गएको छ । लागु औषध कारेबार र अबैध सामान ओसार पसारका कार्यहरु सिमा क्षेत्रमा बढी हुने गरेका छन । भारतले पनि यस्ता कार्यहरुमा खासै चासो नदिएको पाइएको छ । अपराध न्यूनीकरणमा दुबै देशका प्रहरी प्रशासनको अहम भूमीका हुने भएकाले सहकार्य समन्वयका साथ काम गर्न आवश्यक छ । तर भारतले नेपालको सिमाना मीच्ने कार्य बाहेक यस्ता विषयमा ध्यान दिएको देखिदैन ।
भारतले कहिले बाटो बनाउने, कहिले बङकर बनाउने त कहिले सिमाना मीच्ने कार्य गर्दै अँएको भए पनि सिमा क्षेत्रमा हुने अपराध रोक्न सहकार्य गरेको देखिदैन । भारतले सिमा क्षेत्रमा मनपरी काम गर्दा समेत नेपाल सरकारले केही बोल्न सक्दैन । सरकारमा बसेका शासकहरुले केही नबोल्नु भनेको भारतको अगाडी मौन समर्थन गर्नु हो । देशभक्त नेपालीहरुले भारतको मनमानीको विरोध गर्दै आएका भए पनि शासकहरुले नबोल्दा भारतलाई थप बल पुग्ने गरेको छ ।
भारतीय प्रहरीले नेपालीहरुको नाम्मा दर्ता श्र्रेष्ता रहेको लालपूर्जा भएको जमीन समेत खनजोत गर्न नदीएर सताउने गरेको भए पनि नेपालका शासकहरु बोल्न नसक्नु दुखद विषय हो । भारतमा आश्रीत भएर पनि बरु दार्चूलाका जनताहरुले भारतका यस्ता कार्यका विरुद्ध आवाज उठाउदै आएका छन । सहमतिबिना सिमा नाकामा हुने हरेक कामको उनीहरुले विरोध गर्दै आएका छन । तर पनि नेपालका शासकहरु बोल्न सकेको अबश्था देखिदैन ।
नेपालले ०७७ सालमा आफ्नो नया“ नक्सामा समेटेको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको तीन वटा प्रमुख गाउ“हरु मध्येको गुन्जीमा नेपालले २०१८ सालमा जनगणना गरेको भए पनि ६० वर्षदेखि भारतले कब्जा जमाउ“दै आएको छ । यस्ता विषयमा शासकहरुमा राष्ट्रियताको भाव पलाएको देख्न नसक्नु दुखद विषय हो ।
बोल्न नसक्ने सरकारको हैसियत नेपाली जनताले राम्ररी बुझिसकेका छन । सिमा क्षेत्रमा भारतले गर्ने कार्यको सरकारले विरोध नगर्नु दासताको चरम पराकाष्टा हो । राट्रियताका सवालमा नेपाली जनता एक हुन जरुरी छ । सिमा क्षेत्रमा भारतले गर्ने गतीविधि विरुद्ध आवाज उठाउन जरुरी छ ।

