"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चालु आर्थिक वर्षको कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख

No data was found

Khabar Raftar

बैशाख ३१ धनगढी । महालेखा परीक्षक कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ । महालेखा परीक्षक तोयम रायाले बुधबार शितल निवासमा वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझाउने क्रममा रायाले नेपालको संविधानको धारा ४१ बमोजिम कार्यसम्पादन गरी संविधानको धारा २९४ बमोजिम राष्ट्रपति समक्ष महालेखा परिक्षकको ६२ औँ प्रतिवेदन पेस गरिएको बताए ।

रायाले अन्तर्राष्ट्रिय असल अभ्यासको समेत ख्याल गरी लेखापरीक्षण गरिएको बताए । ५ हजार ७ सय ५९ वटा निकाय कार्यालयहरूको लेखापरीक्षण गरिएको बताउदै उनले त्यसमध्ये ३ हजार ७ सय २ वटा कार्यालयको विस्तृत लेखापरीक्षण गरिएको जानकारी गराए । यस अवधिमा कार्यालयको जनशक्ति र कानून बमोजिम लेखापरीक्षक नियुक्त गरी ४३ वटा पूर्ण सरकारी स्वामित्व भएको, ४५ आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न भएको रायाले जानकारी गराए ।

नेपालको संविधान र लेखापरीक्षणको अधिकार भित्र रहेर ४२ वटा सङ्गठित संस्थाहरूको ४७ वटा आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गरिएको उनले बताए । यस वर्ष ११ वटा विषयमा कार्यमूलक, १ वटा विषयमा सूचना प्रविधि, १ वटा विषय वातावरणीय, २ वटा विषयको लेखापरीक्षण सम्पन्न गरिएको उनले बताए । रायाले प्रदेशको काम कारबाहीका सम्बन्धमा अलगअलग प्रतिवेदन तयार गरिएको र यस्ता प्रतिवेदनहरू प्रदेश प्रमुखहरूलाई पेस गरिएको जानकारी दिए ।

लेखा परीक्षण सम्पन्न भएपछि सम्बन्धित स्थानीय तहलाई प्रतिवेदन जारी गर्ने चरणमा रहेको उनले बताए । बार्षिक प्रतिवेदनमा लेखा परीक्षण गरिएका निकायको विवरण, बेरुजुको स्थिति, लेखापरीक्षण गर्दा देखिएको विवरणको सारांश, लेखा परीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति, भविष्यमा गर्नुपर्ने सुधार र कार्यालयका गतिविधिलाई अलगअलग परिच्छेदमा राखिएको उनले बताए । सार्वजनिक निकायमा भएका काम कारबाहीका बारेमा सरोकारवालालाई सुसूचित गराउन वार्षिक प्रतिवेदनको सारांश तयार गर्नुका साथै सार्वजनिक गरिने उनले बताए ।

यस वर्ष ५ हजार ७ सय ५९ वटा कार्यालयको लेखापरीक्षण गर्दा ९४ खर्ब ६२ अर्ब ३६ करोडको लेखापरीक्षण गरिएको छ ।
यसमध्ये सङ्घीय मन्त्रालय तथा निकायतर्फ ३ हजार ९३ कार्यालयहरूको ३१ खर्ब ६ अर्ब १६ करोड, प्रदेश तथा निकायतर्फ १ हजार १ सय ६५ कार्यालयको ३ खर्ब ८ अर्ब ५६ करोड, स्थानीय तहतर्फ ७ सय ६१ को ११ खर्ब १८ अर्ब ४० करोड, समिति र अन्य संस्थातर्फ प्रदेशका समेत १ सय २५ गरी ६ सय ९५ संस्थाको ५ खर्ब २२ अर्ब १३ करोड, सङ्गठित संस्थातर्फ ४३ संस्थाको ४४ खर्ब ७ अर्ब ४ करोड रहेको छ ।

आर्थिक वर्ष २०८०÷८१ को बेरुजुको अवस्था प्रस्तुत गर्दै रायले यस वर्ष लेखापरीक्षणबाट कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख कायम भएको छ । त्यसमध्ये सङ्घीय सरकारका कार्यालय मध्ये ४७ अर्ब ७४ करोड ३० लाख, प्रदेश सरकारी कार्यालयको ४ अर्ब २० करोड, स्थानीय तहको २५ अर्ब ३२ करोड ४२ लाख, समिति र अन्य संस्थाको १४ अर्ब ३३ करोड ७ लाख बेरुजु रहेको छ । संविधानको धारा २९४ को उपधारा ३ बमोजिम प्रदेशको काम कारबाहीका सम्बन्धमा अलगअलग प्रतिवेदन तयार गरिएको उनले बताए ।

महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनमा अद्यावधि बेरुजुतर्फ सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तहतर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधि बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड देखिएको छ । यसमध्ये सङ्घीय सरकारी कार्यालयहरूको ३ खर्ब ७५ अर्ब ४७ करोड, स्थानीय २ खर्ब ९ अर्ब २९ करोड, समिति र अन्य संस्थाहरुको १ खर्ब १७ अर्ब ९७ करोड रहेको छ ।

सङ्घीय तथा प्रदेश सरकारी कार्यालय, स्थानीय तह, समिति र अन्य संस्थाहरूको बेरुजु अतिरिक्त कारबाही टुङ्गो लगाउनुपर्ने रकम अर्थात लेखापरीक्षण बक्यौता, राजश्व बक्यौता, लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण समयमै टुङ्गो लगाउनु पर्ने अद्यावधिक रकम ५ खर्ब ५१ अर्ब १ करोड देखिएको छ । बेरुजु सम्परीक्षण यस वर्ष २८ अर्ब २९ करोड ४० लाख परीक्षण गरिएको छ । यो वर्षको लेखापरीक्षणबाट कुल १४ अर्ब ६८ करोड ४१ लाख असुल भएको जानकारी गराईएको छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो