बिकास निर्माणका कार्य गुणस्तरीय नभएको बजेट दुरुपयोग भएको गुनासाहरु आईरहेका छन । देशको आर्थिक बिकाश र सम्बृद्धिका लागी बिकाश निमार्णका काम निरन्तर चलिनै रहन्छन । देशको आर्थिक बिकाश र सम्बृद्धिका लागी बिकाश निर्माण हुनु सकारात्मक भए पनि भएको बिकाश कति दिगो र गुणस्तरीय भएको छ भन्ने बिषयमा आम नागरिकको चासो हुनु स्वभाबिक पनि हो ।
बिकास निर्माणका कामले गुणस्तरीयता कायम नगरेकै कारण बिकास निर्माण्का काम दिगो हुन नसकेको अबश्था छ । केहि व्यक्तिको लाफवाहिले गर्दा सम्पूण बिकास निर्माणका काममा प्रश्न उठ्न थालेको छ । काम पाउनका लागी कमीशन दिने र कमशल सामाग्री प्रयोग गरेर विकास निर्माणका काम गर्दा केही दिनमै भत्कने गरेका उदाहरणहरु पनि छन ।
कमीशन र नातागोताका मान्छेहरुलाई विकास निर्माणका कामहरु दिदा विकास बजेटको सही सदुपयोग हुन सकेको छैन । सम्बन्धीत निकायले प्रभावकारी अनुगमन गर्न नसक्दा र गल्तीहरुको ढाकछोप गर्दा यस्ता समस्याहरु झनै बढ्दै गएका छन ।
निर्माण भइरहेका कामको समयमा अनुगमन नहुने र भए पनि प्रभावकारी अनुगमन नहु“दा बिकास निर्माणका कामहरु गुणस्तरीय हुन सकेका छैनन । केहि निर्माण व्यवसायीले पहुचका आधारमा झारो टार्र्ने गरी काम गर्ने र त्यसको अनुगम नगर्ने निकायको गैर जिम्मेबारिपनका कारण बजेटको दुरुपयोग हुने गरेको छ ।
जनस्तरबाट बारम्बार यसका विरुद्ध आवाज उठ्ने गरेका भए पनि पहु“चका भरमा सुनुवाई नहुने अबश्था छ । केहि निर्माण व्यवसायी , भ्रष्ट कर्मचारी र नेताका कारण हुने यस्ता निर्र्माण कार्यले जनतामा राज्यप्रतिको बिश्वास घट्दै गएको छ ।
जसको लाभ केहि व्यक्तिले लिइरहेका छन भने देश झन पछि धकेलिदै गएको अबश्था छ । त्यसैले बिकास निर्माण कार्यको प्रभावकारी अनुगमन हुन जरुरी छ । सरोकारवाला निकाय सचेत हुन जरुरी छ ।

