"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

श्रीमद् भागवत महायज्ञको आयव्यय सार्वजनिक, ४ करोड ७४ लाख संकलन

No data was found

Khabar Raftar

बैशाख २७ धनगढी । मानवसेवा आश्रमले श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को आयव्यय सार्वजनिक गरेको छ । आश्रमले कैलालीको धनगढी शाखाको भवन निर्माण गर्ने उदेश्यले गत माघ २३ गतेदेखि ३० गते सम्म धनगढीमा आयोजना गरेको महायज्ञको शनिबार आयव्यव सार्वजनिक गरेको हो ।

महायज्ञमा कुल ४ करोड ७४ लाख ३० हजार ४ सय ३५ रुपैया संकलन भएको महायज्ञका संयोजक मदन कुँबरले जानकारी गराए । नगद,क्युआर तथा अनलाइन माधयम र चेकबाट ८१ लख ८१ हजार ९ सय ७८ संकलन भएको उनले बताए । त्यसैगरी ३ करोड ९० लाख ७२ हजार ८० रुपैया प्रतिवद्धता गरिएको उनले जानकारी गराए ।

सरकारी निकायबाट २७ लाख ८१ हजार १ सय १२ रुपैया,संस्थागत २ करोड ४८ लाख ९९ हजार ५ सय ८४ र व्यक्तिगत १ करोड १३ लाख २६ हजार ५ सय ८४ रुपैया प्रतिवद्धता गरिएको उनले जानकारी गराए । प्रतिवद्धता गरिएको रकम मध्ये हालसम्म १४ लाख ८२ हजार ४६ प्राप्त भएको उनले बताए ।

महायज्ञमा ४९ लाख ६८ हजार ८ सय ६५रुपैया खर्च भएको उनले जानकारी गराए । धनगढी उपमहानगरपालिका वडा नम्बर–१५ उर्मीमा २ बिघा जग्गामा निर्माण सुरु गरिएको मानवसेवा आश्रमको सुदूरपश्चिम प्रदेशस्तरीय भवन निर्माण सहयोगार्थ महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।

भवन निर्माण भएपछि सुदूरपश्चिमका २ सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवम् सेवा प्रवाह गर्न सकिने आश्रमले जनाएको छ । २०७५ साल मंसिर १ गते धनगढी उपमहानगरपालीका वडा नम्बर–५ तारानगरमा घर भाडामा लिई मानवसेवा आश्रम धनगढी शाखाले सेवा शुभारम्भ गरी दिदै आएको छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो