माघ २९ अछाम । जनयुद्ध दिवसको अबसरमा अछामको मुजाबगरमा फागुन १ गते विविध सांस्कृतीक कार्यक्रम गरिने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्रको संयुक्त आयोजनामा फागुन १ गते विविध सांस्कृतीक कार्यक्रमको आयोजना गरिने भएको हो ।
जनयुद्धको आधार क्षेत्र रामारोशनको मुजाबगरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) रामारोशन गाउँ समिति ,अछाम र नेपाल कम्युनिस्ट पार्टी रामारोशन गाउँ कमिटी ,अछामको संयुक्त आयोजनामा ३० औं जनयुद्ध दिवसको अबसरमा स्थानिय देउडा प्रदर्शन तथा विविध सांस्कृतीक कार्यक्रमको आयोजना गरिने नेपाल कम्युनिष्ट पार्टीका अछाम जिल्ला सचिव सदस्य निरक सिले जानकारी गराए ।
कार्यक्रमका प्रमुख अथिती नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य रणविर सी र विशिस्ट अथिती नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज शरदसिह भण्डारी लगाएत नेताहरुको उपस्थिति रहने उनले जानकारी गराए ।
जनयुद्ध दिवसको अबसरमा सहिद परिवार, घाइते योद्धा र जेलबन्दीलाई सम्मान गरिने उनले जानकारी गराए ।



