"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढी उपमहानगरपालीकाद्वारा १७ करोड राजस्व सकंलन

No data was found

Khabar Raftar

माघ ०९ धनगढी । धनगढी उपमहानगरपालिकाले १७ करोड एक लाख दुई हजार ७२ रुपैया राजस्व सङ्कलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्म विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको हो ।

उक्त अवधिमा सम्पत्ति करबाट एक करोड ९२ लाख ६७ हजार, भूमिकर÷मालपोतबाट एक करोड २३ लाख ६८ हजार, बहालकरबाट तीन करोड ५२ लाख ८३ हजार, अन्य राजस्वबाट तीन करोड ५२ लाख १२ हजार, व्यवसाय करबाट दुई करोड ७९ लाख ७९ हजार र नक्सापास दस्तुरबाट एक करोड ६५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी गराए ।

सिफारिस दस्तुरबाट ८३ लाख ५६ हजार, सरकारी सम्पत्तिको बहालबाट ४६ लाख ८३ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ३८ लाख ६१ हजार, बेरुजुबाफत १३ लाख ४२ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट १३ लाख १३ हजार राजस्व सङ्कलन भएको उनले जानकारी गराए ।

व्यक्तिगत घटना दर्ताबाट सात लाख सात हजार, परीक्षा शुल्कबाट सात लाख १६ हजार, अन्य सामग्री बिक्रीबाट दुई लाख ३४ हजार, नाता प्रमाणित दस्तुरबाट दुई लाख नौ हजार, शिक्षा क्षेत्रको आम्दानीबाट एक लाख ७९ हजार, न्यायिक दस्तुरबाट दुई हजार र बाँकी रकम अन्य दस्तुर शीर्षकबाट सङ्कलन भएको उनले जानकारी दिए ।

राजस्व शाखा प्रमुख ओझाले गत आर्थिक बर्षर्को तुलनामा चालु आर्थिक बर्षको सोही अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको उनले बताए । गत आर्थिक बर्षको उक्त अवधिको तुलनामा चालु आर्थिक बर्षमा ९५ लाख सात हजार आठ सय ७९ ले बढी राजस्व सङ्कलन भएको उनले जानकारी गराए ।

उपमहानगरले गत आर्थिक बर्षको ६ महिनामा १६ करोड पाँच लाख ९४ हजार राजस्व सङ्कलन गरेको ओझाले बताए । राजस्व सङ्कलनमा कडाइ हुनुका साथै करको दायरा फराकिलो हुँदै जाँदा राजस्व सङ्कलनमा वृद्धि भएको उनले बताए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो