माघ ०७ धनगढी । भिम रावललाई का।बाही गरिए पछि एमालेमा पहिरो गएको छ । रावलको मातृभुमी जागरण अभियानलाई साथ दिन ५९ जनाले संयुक्त राजीनामा दिए पछि एमालेमा पहिरो गएको हो ।
डाक्टर भीम रावल नेतृत्वको मातृभुमी जागरण अभियानलाई साथ दिने भन्दै नेकपा एमालेका ५९ जना नेता कार्यकर्ताहरुले विज्ञप्ती जारी गदै राजीनामा दिएका हुन ।
उनिहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै रावल नेतृत्वको अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन ।
अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरे पछि एमाले छाड्नेको संख्या बढ्दै गएको छ ।

Post Views: 402


