पौष १८ धनगढी । नेकपा (माओवादी केन्द्र) ले कैलालीका १३ वटै पालिकामा पालिकास्तरीय नयाँ कार्य समिति चयन गरेको छ । पार्टीको पालिकास्तरीय सम्मेलनबाट नयाँ कार्य समिति चयन गरिएको हो ।
नेकपा (माओवादी) पार्टीले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाको नगर कार्य समिति अध्यक्षमा बलबहादुर ऐर ‘बाली’ निर्वाचित भएका छन । अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा भएको बताईएको छ ।
त्यसैगरी, गोदावरी नगर कार्य समिति अध्यक्षमा तिलक चौधरी चयन भएका छन भने गौरीगंगा नगर कार्य समिति अध्यक्षमा राजकुमार थारु ‘ताजेन्द्र’, चयन भएका छन । घोडाघोडी नगर कार्य समिति अध्यक्षमा कर्ण बोहरा ‘बिगुल’, लम्कीचुहा नगर कार्य समिति अध्यक्षमा कमलबहादुर भुल ‘सुरेश’ निर्वाचित भएका छन ।
त्यसैगरी टीकापुर नगर कार्य समिति अध्यक्षमा धनसिंह साउँद, भजनी नगर कार्य समिति अध्यक्षमा जगत विक, मोहन्याल गाउँ कमिटी अध्यक्षमा देवीदत्त उपाध्यया ‘हिमशिखर’, कैलारी गाउँ कमिटी अध्यक्षमा बतासु थारु ‘अभिषेक’, बर्दगोरिया गाउँ कमिटी अध्यक्षमा रामकृष्ण डंगौरा थारु ‘रन्जित’ चयन भएको जानकारी गराईएको छ ।
त्यसैगरी, जानकी गाउँ कमिटी अध्यक्षमा कृष्ण सोडारी, चुरे गाउँ कमिटी अध्यक्षमा ठाडा मगर र जोशीपुर गाउँ कमिटी अध्यक्षमा दीर्घ विनाडी निर्वाचित भएका छन । प्रत्येक पालिकामा भएको दोस्रो सम्मेलनले १३ वटै स्थानीय तहमा नयाँ कार्य समिति चयन गरेको पार्टीका रेबन्त बोहराले जानकारी गराए ।
पालिकास्तरीय सम्मेलन अघि माओवादी केन्द्रले हरेक पालिकाको प्रत्येक वडामा वडास्तरीय सम्मेलन गरेको उनले जानकारी गराए ।


