पौष १६ धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ घोषणा गरेका छन् । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य समेत रहेका प्रदेशसभा सदस्य शाहीले उक्त अभियान घोषणा गरेका हुन् ।
शाहीले अभियानमा स्वआबद्धताका लागि स्वतन्त्र, सचेत युवाहरुलाई आह्वान गरेका छन् । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला र सबै पालिकामा अभियानको संगठन विस्तार गरेर निरन्तर सुदूरपश्चिम प्रदेशका मुद्दा उठान गरिने उनले बताए ।
‘पिछिडिएको सुदूरपश्चिमलाई अगाडि ल्याउने दायित्व यहाँको समाजको हो,’यस क्षेत्रको आर्थिक, भौतिक र मानवीय विकासका लागि दबाब दिने उद्देश्यले अभियान सुरु गर्ने प्रयास गरेका छौँ उनले भने ।
केन्द्र सरकारले सुदूरपश्चिम प्रदेश प्रति देखाउने केन्द्रीकृत व्यवहारको अन्त्य गर्न दबाब दिन जुट्नु पर्ने बेला आएको उनले बताए । ‘सुदूरपश्चिमलाई विशेष प्रदेश बनाएर अहिले सम्म गरिएको शोषण र उपेक्षाको क्षतिपूर्ति दिनुपर्ने बताउदै उनले आर्थिक, सामाजिक, प्रशासनिक र राजनीतिक अग्राधिकार सुदूरपश्चिमले पाउनुपर्ने बताए ।


