"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भजनीको पुरैना ताललाई पर्यटकीय स्थलका रुपमा विकास गरिने

No data was found

Khabar Raftar

पौष ०८ धनगढी । कैलालीको भजनीमा रहेको पुरैना ताललाई पर्यटकिय स्थलका रुपमा विकास गरिने भएको छ । २०६४ सालमा मोहना नदीको बाढीले पुरिएको पुरैना ताल स्थानीयले अतिक्रमण गरेको अबश्थामा खाली गराईए पछि पर्यटकिय स्थलका रुपमा विकास गरिने भएको हो । भजनी नगरपालिका वडा नम्बर–७ लालबोझीमा रहेको पुरैना तालको अतिक्रमण खाली गराएर पुरानै स्वरुपमा फर्काउने काम भएको बताइएको छ ।

पाँच सय ६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताल पर्यटकीय स्थलका रुपमा विकास गरिने भएको हो । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पुरैना ताललाई एसियाकै ठुलो ताल बनाउन सकिने बताए । पर्यटकीय क्षेत्रमा ल्याउन सकिने पुरैना ताल लगभग ६ सय बिघा क्षेत्रफलमा फैलिएको बताउदै उनले एसियाकै सबैभन्दा ठुलो ताल हुन सक्ने बताए । पुरैना ताललाई पर्यटकीय स्थलको रुपमा विकास गरिने चौधरीले बताए ।

ताल अतिक्रमण भएको झण्डै १६ वर्षपछि अतिक्रमण हटाएर पुरानै स्वरुपमा फर्काउने प्रयास भएको उनले बताए । ताल क्षेत्रको सीमाकंन र नक्सांकन गरेर वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो माटोकै पर्खाल बनाउने काम भएको छ । डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पर्ने उक्त ताल क्षेत्रको पुनःस्थापना गर्ने काम थालिएको छ ।

पुरैना ताल कैलाली जिल्लाको सबैभन्दा ठुलो ताल हुने सुदूरपश्चिम सरकारको दाबी छ । चौधरीले भजनी,घोडाघोडी, टीकापुर नगरपालिका, कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिका क्षेत्रका लागि पर्यटकीय स्थलको रुपमा विकास गरिने बताए । अहिले गहिरो ताल भन्दा पनि सिमसार बनाउन खोजेको प्रदेश सरकारले बताएको छ । सिमसारमा बाढीले पनि क्षति कम गर्ने बताईएको छ । स्थानीय र पर्यापर्यटनका जानकारहरुका अनुसार तालको ऐतिहासिक तथा सांस्कृतिक महत्व रहेको छ ।

पर्यटन मन्त्री चौधरीले पुरैना भनेको थारु भाषामा कमलको फूल भएको बताउदै स्थानीय थारु समूदायमा आफ्नो पूजाआजामा त्यही तालको कमलको फूल र पातको प्रयोग अनिवार्य मानिने गरको जानकारी गराए । विगतमा पुरैना तालको पर्यापर्यटकीय महत्व पनि धेरै भएको बताउदै उनले सोही आधारमा प्रदेश सरकारले योजना बनाउने बताए ।

सुदूरपश्चिमका पर्यटन मन्त्री चौधरीले पर्यटकीय क्षेत्रहरु र तालहरुको संरक्षण र सुरक्षाको काम थालिएको उनले बताए । पुरैना ताल क्षेत्र बसाइँ सर्ने घुमन्ते चराहरु बास बस्ने ठाउँ पनि भएको बताउदै उनले साइबेरिया, रुसबाट आएका चरा बच्चा कोरलेर फर्किने गरेको बताए । ताल विनास भए पछि बासस्थान खल्बलिएको बताए । पुरैना ताल विनास भएका कारण घोडाघोडी ताल क्षेत्रमा पनि आगन्तुक चराहरुको संख्या घटिरहेको बताईएको छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो