पौष ०५ धनढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बर्तमान सरकार परिबर्तन नहुने बताएका छन् ।
पार्टीको कार्यक्रम लिएर सुदूरपश्चिम प्रदेशको धनगढी आई पुगेका नेता कोइरालाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बर्तमान सरकार परिबर्तन नहुने बताएका हुन् ।उनले अहिलेको सरकार नढल्ने दाबी गर्दै सरकारले जनताको चाहाना बमोजिम काम गर्नुपर्ने बताए ।
१५ औं महाधिवेशनमा सभापतिको उम्मेद्वारी दिने तयारीका साथ अहिले देखि लागि परेको बताउदै उनले महामन्त्री गगन थापासँग पनि राम्रो सम्बन्ध रहेको बताए । उनले गगन थापासँग कुनै असमझदारी नभएको समेत बताएका छन ।
Post Views: 350


