"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिममा ५७ प्रतिशत मतदान, सबैभन्दा धेरै बझाङमा र थोरै बाजुरामा मत खस्यो

No data was found

Khabar Raftar

मंसिर १६ धनगढी । सुदूरपश्चिम प्रदेशका पाँच वटा ठाउँमा शान्तिपूर्ण बाताबरणमा मतदान सम्पन्न भएको छ । एक जना उपाध्यक्ष र चार जना वडाध्यक्षका लागि भएको निर्वाचनमा ५७ प्रतिशतले मतदान गरेका छन् । १७ हजार ३ सय १३ जना मतदाता मध्ये ९ हजार ७ सय ८८ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी गराए ।

बाजुराको स्वामिकार्तिक खापरगाउँपालिकामा उपाध्यक्ष लागि ७ हजार ४ सय ६० मतदाता मध्ये ३ हजार ९ सय ३ जनाले मतदान गरेको उनले जानकारी गराए । त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–६ को वडाध्यक्षका लागि ५ हजार ४ सय ३४ मतदाता मध्ये २ हजार ९ सय ९२, दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर–५ मा १ हजार २ ुय ७२ मध्ये ८ सय ७७, डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर–६ मा १ हजार ५ सय ९३ मध्ये ८ सय ३९ र बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ मा १ हजार ५ सय ५४ मध्ये १ हजार १ सय ७८ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भट्टले जानकारी गराए ।

कुल मतदाताको अवस्था अनुसार सबैभन्दा धेरै बझाङमा र थोरै बाजुरामा मत खसेको उनले जानकारी गराए । बाजुरामा ५२ प्रतिशतले मतदान गर्दा बझाङमा ७६ प्रतिशतले मतदान गरेको भट्टले जानकारी गराए । डोटीमा ५३, दार्चुलामा ६९ र कञ्चनपुरमा ५५ प्रतिशतले मतदान गरेको निर्वाचन अधिकृत भट्टले बताए । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको उनले जानकारी गराए । एक जना उपाध्यक्ष र चार जना वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा कर्मचारी खटाउने देखि आवश्यक सुरक्षाकर्मी समेत शनिबार नै परिचालन गरिएको उनले बताए ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्षलागि तीन जना महिला उम्मेदवार रहेका    छन् । नेपाली काङ्ग्रेसबाट पुल्तीसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही, एमालेबाट सुलोचनाकुमारी भण्डारी चुनावी मैदानमा छिन् ।

त्यसैगरी बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ मा एमालेबाट लखीचन्द्र बोहरा, काङ्ग्रेसबाट धिरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुस्करबहादुर बोहरा गरी तीन जना उम्मेदवार रहेका छन् । डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर–६ मा एमालेबाट देवबहादुर थापा, काङ्ग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकीकुमारी खड्का उम्मेदवार छन् ।

दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर–५ मा एमालेबाट मानसिंह बडाल, काङ्ग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट विरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर गरी चार जना उम्मेदवार छन् । त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–६ मा सबैभन्दा बढी १२ जना उम्मेदवार रहेका छन् ।

एमालेबाट बहादुर चन्द, काङ्ग्रेसबाट प्रकाश चन्द, माओवादीबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राप्रपाबाट शुशिलकुमार भट्ट, जनमत पार्टीबाट यादवबहादुर चन्द, एकीकृत समाजवादीबाट जितेन्द्रबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिस डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी, स्वतन्त्रबाट युवराज चन्द र स्वतन्त्रबाटै थानेश्वर लेखक उम्मेदवार रहेका छन ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र