असार १२ धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले एक लाख १७ हजार मूल्य बराबरको अबैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टको कमाण्डमा खटिगएको प्रहरी टोलीले कैलालीको भजनी नगरपालिका वडा नंम्बर ०५ बाट एक लाख १७ हजार मूल्य बराबरको अबैध सामान बरामद गरेको हो ।
साईकलको टायर ७५ पिस, कुर्ति २ सय पिस, बिडी १ सय प्याकेट र कपडा सिलाउने मेसिन १ थान गरी अन्दाजी एक लाख १७ हजार मूल्य बराबरको अबैध सामान बरामद गरेको हो ।
सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी गराए ।
Post Views: 124


