"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

परम्परागत पहिरन सिलाएर, घर खर्च चलाउदै कञ्चनपुरका दुई जना राना महिला

No data was found

Khabar Raftar

असार १० कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाका दुईजना राना महिलाहरुले परम्परागत पहिरन सिलाउदै घर खर्च चलाउदै आएकी छन । लालझाडी गाउपालीका वडा नम्बर–४ खल्लाजाइँकी मन्तुरा राना र डाँडाजाइँकी घुम्नी रानाले परम्परागत पहिरन सिलाउदै घर खर्च चलाउदै आएकी हुन ।

राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उनीहरुले आफ्नो परिवारको घरखर्च चलाउदै आएकी हुन । दोदा नदीको बगरमा बगर खेती पनि गरेकी ४६ बर्षीय मन्तुरा रानाले तरकारी हेरचाह गर्न बनाएको छाप्रोमा बसेर फुर्सदको समयमा पहिरन सिउने काम गर्दै आएकी हुन ।

लुगा सिउने मेसिनले कपडा सिउँदा निकै सजिलो भएको बताउदै उनले परम्परागत पहिचान बोकेका पहिरन लगाउने क्रम अहिले घट्दै गएको     बताईन । कुनै कार्यक्रम, चाडबाडमा मात्रै परम्परागत लुगा लगाउँने गरेको बताउदै उनले पहिचान संरक्षणका लागि टेवा पु¥याउन सकेकोमा खुसी लागेको बताईन । रानाथारु समुदायले लगाउने अङ्गिया (चोली), घगरिया, उनिया (चुन्नी) लगायतका पोसाक तयार पार्ने गरेको बताउदै उनले कपडामा फूलजस्तै देखिने फुर्का लगाउनु पर्ने बताईन ।

आमाबाट सिकेको सीपले मेहनत गर्दै आकर्षक पहिरन तयार गर्ने गरेको उनले जानकारी गराईन । आमासँग लुगा सिलाउन सिकेको बताउदै उनले अहिले त्यहीँ सीपले गुजारा चलि रहेको बताईन । एक जोर लुगा तयार गर्न एक महिना भन्दा बढी समय लाग्ने गरेको बताउदै उनले लुगा आफैँले ल्याएर तयार गरेको आठ हजार लिने गरेको बताईन ।

त्यसैगरी लुगा किनेर तयार पारेको पहिरनको २० हजार सम्म लिने गरेको उनले बताईन । त्यसैगरी डाँडाजाइँकै घुम्नी रानाले पनि आफ्नो समुदायका मौलिक पोसाक बनाउने काम गर्दे आएकी छिन । सानैमा आमा र हजुरआमाबाट पहिरन सिलाउने सीप सिकेकी बताउदै तत्कालीन समयमा हातले पहिरन सिउने गरिएको बताईन ।

हातले पहिरन बनाउन निकै बढी समय लाग्ने गरेको स्मरण गर्दै उनले अहिले मेसिनको प्रयोग हुन थाले पछि छोटो समयमै लुगा तयार गर्न सकिने बताईन । वर्षमा दश जोर लुगा सिलाउँने गरेको बताउदै उनले बाल–बालिकाको पठन–पाठन देखि घरखर्च राम्रैसँग चलेको बताईन । पहिरन बनाउन गाउँका मानिस घरमै आउने गरेको उनले बताईन ।

पहिरन बनाउन आवश्यक पर्ने कपडा देखि फुर्क बनाउने साम्रगी स्थानीय बजारमा नपाउदा समस्या हुने गरेको उनले बताईन । बेलौरीमा खोजेको जस्तो सबै सामान नपाइँने बताउदै उनले महेन्द्रनगर, धनगढी नभए भारततिर जानुपर्ने बताईन । सितारा, ऊनी धागो, विभिन्न रङका कपडा बढी मात्रामा आवश्यक पर्ने उनले जानकारी गराईन ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र