"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशको बेरुजु दुई अर्ब ६८ करोड २९ लाख

No data was found

Khabar Raftar

असार ०२ धनगढी । सुदूरपश्चिम प्रदेशको बेरुजु दुई अर्ब ६८ करोड २९ लाख रुपियाँ पुगेको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०८१ अनुसार सुदूरपश्चिम प्रदेशको जम्मा बेरुजु रकम दुई अर्ब ६८ करोड २९ लाख रुपियाँ पुगेको हो  । महालेखा परीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को ३९ अर्ब ४३ करोड ९८ लाख ९९ हजार रुपियाँ लेखापरीक्षण गरिएकोमा ३७ करोड ६३ लाख ९१ हजार रुपियाँ नयाँ बेरुजु देखिएको हो  ।

अघिल्लो आर्थिक बर्षमा कुल दुई अर्ब ३८ करोड १९ लाख ६० हजार रुपैया बेरुजु रहेकोमा जसमध्ये प्रदेश सरकारले आठ करोड ५४ लाख २२ हजार रुपैयाँ समपरीक्षण गरेको थियो । समपरीक्षण पछि दुई अर्ब ३० करोड ६५ लाख ३८ हजार बेरुजु देखिए पनि ३७ करोड ६३ लाख ९१ हजार नयाँ बेरुजु थपिए पछि सुदूरपश्चिम प्रदेशको बेरुजु दुई अर्ब ६८ करोड २९ लाख पुगेको हो  । पछिल्लो परीक्षण अनुसार देखिएको जम्मा बेरुजु मध्ये सरकारी कार्यालयको २७ करोड ६६ लाख ५१ हजार, समिति र अन्य संस्थाको नौ करोड ९७ लाख ४० हजार रुपैयाँ रहेको छ  । कुल बेरुजु मध्ये असुल गर्नु पर्ने पाँच करोड ७३ लाख ६३ हजार, अनियमित भएको सात करोड ४३ लाख २५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी प्रमाण कागजात पेस नभएको आठ करोड ९६ लाख ८८ हजार, शोधभर्ना नलिएको ९९ लाख ९५ हजार र पेस्की १४ करोड ५० लाख २० हजार रहेको छ ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार प्रदेश सभा सचिवालयको १६ लाख ७२ हजार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको एक करोड २७ लाख ३२ हजार रुपैयाँ बेरुजु देखिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ११ लाख ४३ हजार, आर्थिक मामिला मन्त्रालयको तीन लाख ६९ हजार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चार करोड ३९ लाख २७ हजार रुपैयाँ बेरुजु रहेको छ  । त्यसैगरी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको दुई करोड ६२ लाख नौ हजार, भौतिक पूर्वाधार विकास मन्त्रालयको १९ करोड ११ लाख ५८ हजार रुपैया बेरुजु रहेको छ । सामाजिक विकास मन्त्रालयको नौ करोड ९१ लाख ८१ हजार रुपैयाँ नयाँ बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ  ।

सुदूरपश्चिम प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७९ को दफा ३६ मा प्रत्येक कार्यालयले सबै प्रकारका आयव्यय तथा कारोबारको तोकिए बमोजिमको लेखा र वित्तीय विवरण पेस गरी महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखा परीक्षण गराउनु पर्ने व्यवस्था गरिएको छ  । महालेखाको प्रतिवेदनमा “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २ त र प्रदेशको यस सम्बन्धी कानुनमा प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनि लेखापरीक्षण गर्दा औँल्याइएको वा ठह¥याइएको कारोबारलाई बेरुजुका रूपमा परिभाषित गरेको उल्लेख गरिएको छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र