"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरका ९ वटा स्थानीय तहमा एक करोड देखि १० करोड सम्म बेरुजु

No data was found

Khabar Raftar

जेठ ३२ कञ्चनपुर । कञ्चनपुरका ९ वटा स्थानीय तहमा एक करोड देखि १० करोड सम्म बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको स्थानीय तहको अन्तिम लेखा परीक्षण प्रतिवेदनमा दोधारा चाँदनी, बेदकोट र शुक्लाफाँटा नगरपालिका बाहेक अन्य सबै स्थानीय तहको बेरुजु दुई करोड बढी देखिएको छ ।

भीमदत्त नगरपालिकामा गत वर्ष १० करोड ७१ लाख बेरुजु देखिएको छ । अघिल्लो वर्षको २६ करोड बेरुजुमा गत वर्ष थपिएर ३५ करोड ३९ लाख बेरुजु पुगेको हो । नियमति गर्नु पर्ने बेरुजु सबैभन्दा बढी ५ करोड ८२ लाख रहेको छ । त्यसपछि कागजात पेश गर्नु पर्ने ४ करोड ३४ लाख, ५२ लाख २६ हजार अशुल गर्न पर्ने बेरुजु रहेको छ ।

पुनर्वास नगरपालिकाको बेरुजु एक करोड ४८ लाख रहेको छ । महालेखाका अनुसार अशुल गर्नु पर्ने ८ लाख २१ हजार, कागजात पेश गर्न पर्ने ३४ लाख ५० हजार नियमति २३ लाख ९५ हजार र पेश्की ८२ लाख रहेको छ । नगरपालिकाको बेरुजु २० करोड २ लाख पुगेको छ । शुक्लाफाँटा नगरपालिकाको बेरुजु एक करोड ९१ लाख पुगेकोमा ५८ लाख फस्र्यौट भएर एक करोड ३३ लाख रहेको छ ।

यसमा अशुल गर्नु पर्ने ७४ लाख, कागजात पेश गर्नु पर्ने २२ लाख ७१ हजार, नियमित गर्न पर्ने ३६ लाख रहेको छ । नगरपालिकाको गत वर्षसम्मको बेरुजु ९ करोड ४६ लाख रहेको छ । त्यसैगरी लालझाडी गाउँपालिकाको बेरुजु ४ करोड ४४ लाख ५१ हजार रहेको छ । यसमा अशुल गर्न पर्ने १८ लाख ६० हजार, कागजात पेश गर्न पर्ने ४ करोड ९० लाख, नियमति गर्न पर्ने ११ लाख, पेश्की १ करोड २२ लाख रहेको छ । हालसम्म गाउँपालिकाको बेरुजु १५ करोड ५२ लाख रहेको छ ।

कृष्णपुर नगरपालिकामा गत वर्ष ४ करोड ८५ लाख २९ हजार बेरुजु देखिएको छ । त्यसमा ६३ हजार फस्र्यौट भएको छ । नियमित गर्न पर्ने सबैभन्दा बढी ३ करोड ९० लाख रहेको छ । त्यसपछि कागजात पेश गर्न पर्ने ५६ लाख, अशुल गर्न पर्ने १० लाख र ४ लाख पेश्की बेरुजु आएको छ । गत वर्षसम्म नगरपालिकाको बेरुजु हाल सम्म ३५ करोड ११ लाख पुगेको छ । दोधारा चाँदनी नगरपालिकाको बेरुजु एक करोड २१ लाख हेको छ ।

यसमा सबैभन्दा बढी अशुल गर्न पर्ने बेरुजु ६४ लाख रहेको छ । त्यसपपिछ कागजात पेश गर्न पर्ने २७ लाख ८८ हजार, नियमति गर्न पर्ने ५ लाख र पेश्की बेरुजु २३ लाख रहेको छ । हासम्म नगरपालिकाको बेरुजु २४ करोड ४२ लाख रहेको छ । बेलडाडी गाउँपालिकाको बेरुजु २ करोड ६८ लाख रहेको छ । यसमा सबैभन्दा बढी पेश्की बेरुजु एक करोड ६६ लाख रहेको छ । त्यस बाहेक अशुल गर्न पर्ने २८ लाख, कागजात पेश गर्न गर्ने ६१ लाख, नियमति गर्न पर्ने १३ लाख रहेको छ ।

गाउँपालिकाको हालसम्मको बेरुजु ९ करोड ३२ लाख पुगेको छ । बेलौरी नगरपालिकामा हालसम्मको बेरुजु २८ करोड १२ लाख पुगेको छ । यसमा गत वर्ष मात्रै ४ करोड १६ लाख थपिएको हो । महालेखाका अनुसार बेरुजुमा सबैभन्दा बढी कागजात पेश गर्न पर्नेमा २ करोड ११ लाख र पेश्कीमा एक करोड ६३ लाख रहेको छ ।

त्यसपछि अशुल गर्न पर्ने ३० लाख ४४ हजार र नियमति गर्न पर्ने २२ लाख रहेको छ । बेदकोट नगरपालिकामा २ करोड १० लाख बेरुजु आएकोमा ३३ लाख फस्र्याैट भएर एक करोड ७७ लाख रहेको छ । त्यसमा अशुल गर्न पर्ने १५ लाख १७ हजार, कागजात पेश गरी अशुल गर्ने १ करोड ५२ लाख, नियमति गर्न पर्ने ९ लाख र एक लाख पेश्की बेरुजु रहेको छ । नगरपालिकाको हालसम्मको बेरुजु १५ करोड ६ लाख पुगेको छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र