"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा अहिले सम्म २ अर्ब ६८ करोड २९ लाख २९ हजार बेरुजु बाँकी

No data was found

Khabar Raftar

जेठ २१ धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पेश गरिको छ । नायव महालेखा परीक्षक पशुपति काफ्ले र निर्देशक कृष्ण खनालले प्रदेश प्रमुख मियाँलाई आर्थिक वर्ष २०७९÷८० को प्रतिवेदन पेश गरेका हुन् । उक्त प्रतिबेदनमा ३९ अर्ब ४३ करोड ९८ हजार ९९ को लेखा परिक्षण गर्दा फर्स्यौट गर्नु पर्ने रकम ३७ करोड ६३ लाख ९१ हजार रहेको उल्लेख गरिएको छ । त्यसमा १५ प्रतिशत अर्थात ५ करोड ७३ लाख ६३ हजार रकम असुल गर्नु पर्ने रहेको छ । ८ करोड ९६ लाख ८८ हजार रकमको प्रमाण कागज पेश नभएको देखिएको छ ।

प्रतिबेदनले ७ करोड ४३ लाख २५ हजार अनियमित भएको ठहर गरेको छ । त्यस्तै १७ करोड ४० लाख ८ हजार नियमित गर्नु पर्ने रकम उल्लेख गरिएको छ भने, ९९ लाख ९५हजार शोधभर्ना नलिएको रकम उल्लेख गरिएको छ । प्रदेश मन्त्रालय तथा निकायमा गरी १ सय ४३ वटामा गरिएको लेखापरीक्षणमा २७ करोड ६६ लाख ५१ हजार बेरुजु देखिएको छ भने,समिति तथा अन्य संस्था गरी १८ वटामा गरिएको लेखापरीक्षणमा ९ करोड ९७ लाख ४० हजार बेरुजु देखिएको छ । प्रदेश मन्त्रालय तथा निकायमा विगतको हाल सम्मको बेरुजु १ अर्ब ९४ करोड ५४लाख १३ हजार रहेको थियो ।

८ करोड ३९ लाख ८९ हजार फर्स्यौट तथा परीक्षण गर्दा विगतका बर्षहरूको कुल बेरुजु १ अर्ब ८६ करोड १४ लाख २४ हजार बाँकी रहेको   छ । त्यसमा उक्त आर्थिक वर्षमा २७ करोड ६६ लाख ५१ हजार बेरुजु थप भएको छ । अहिले प्रदेश मन्त्रालय तथा निकायमा २ अर्ब १३ करोड ८० लाख ७५ हजार बेरुजु बाकी रहेको छ । त्यस्तै समिति तथा संस्थामा बिगतका वर्षहरूमा ४४ करोड ६५ लाख ४७ हजार बेरुजु रहेको थियो । त्यसमा १४ लाख ३३ हजार मात्रै फर्स्यौट तथा परीक्षण भएको देखिएको छ । ४४ करोड ५१ लाख १४ हजार बेरुजु बाँकी रहँदा त्यस वर्ष ९ करोड ९७ लाख ४०हजार बेरुजु थप भएको छ ।

अहिले समिति तथा संस्थामा ५४ करोड ४८ लाख ५४ हजार बेरुजु बाँकी देखिएको छ । प्रदेश मन्त्रालय तथा निकाय , समिति तथा संस्थाहरूको बेरुजु २ अर्ब ३९ करोड १९ लाख ६० हजार बाकी रहेको थियो त्यसमा ८ करोड ५४ लाख २२ हजार फर्स्यौट तथा परीक्षण हुँदा २ अर्ब ३० करोड ६५ लाख ३८ हजार बेरुजु बाँकी रहेको थियो । त्यसमा आर्थिक वर्ष २०७९÷०८० को ३७ करोड ६३ लाख ९१ हजार बेरुजु थप हुँदा अहिले सम्म २ अर्ब ६८ करोड २९ लाख २९ हजार रुपैयाँ रकम बाँकी रहेको छ ।

यो वर्ष प्रदेश मन्त्रालय तथा निकाय र समिति तथा अन्य संस्था समेतको र ३९ अर्ब ४३ करोड ९९ लाखको लेखापरीक्षण गर्दा प्रारम्भिक प्रतिवेदनबाट ४० करोड ८५ लाख ४२ हजार बेरुजु देखिएको छ । सो मध्ये प्रतिवेदन अवधि सम्म ३ करोड २१ लाख ५१ हजार बेरुजु फर्स्यौट गराएबाट ३७ करोड ६३ लाख ९१ हजार फर्स्यौट हुन बाकी छ । महालेखाको छैटौँ प्रतिवेदनको ५।१ मा यो वर्षसम्म फर्स्यौट हुन बाकी कुल २ अर्ब ६८ करोड २९ लाख २९ हजार रहेको उल्लख गरिएको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा प्रतिशतको आधारमा सबै भन्दा धेरै बेरुजु मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको देखिएको छ । रकमका दृष्टिकोणले सबै भन्दा धेरै बेरुजु भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहेको देखिन्छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उक्त बर्ष १६ लाख ७२ हजार बेरुजु देखिन्छ जुन उक्त मन्त्रालयको ३।२७ प्रतिशत हो । यता भौतिक पूर्वाधार विकास मन्त्रालयमा १९ करोड ११ लाख ५८ हजार बेरुजु देखिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ११ लाख ४३ हजार बेरुजु रहेको छ भने आर्थिक मामिला मन्त्रालयमा ३ लाख ६९ हजार बेरुजु देखिएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा ४ करोड ३९ लाख २७ हजार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा २ करोड ६२ लाख ९ हजार, सामाजिक विकास मन्त्रालयमा ९ करोड ९१ लाख ८१ हजार, बेरुजु देखिएको छ । प्रदेश लोकसेवा आयोग र प्रदेश नीति तथा योजना आयोगमा शून्य बेरुजु देखिएको छ । १४३ प्रदेश कार्यालय र १८ अन्य संस्था तथा समितिको लेखापरीक्षण गर्दा ५३ कार्यालयमा बेरुजु नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र