जेठ ०३ धनगढी । ५ करोड विद्युत् महसुल नतिरे पछि कैलालीको टीकापुर नगरपालिकाको विद्युत् लाइन काटिएको छ । नगरपालिका क्षेत्रमा रहेका सडक बत्तीको महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले बिहीवार नगरपालिकाको मुख्य कार्यालयको लाइन काटेको हो ।
विद्युत् प्राधिकरण टीकापुर शाखाका प्रमुख इन्जिनियर कपिल जोशीले नगरपालिकाले पाँच करोड नौ लाख ९३ हजार महसुल तिर्न बाँकी रहेको जानकारी गराए । आर्थिक वर्ष २०७१÷७२ साल देखिको सडक बत्तीको महसुल नबुझाएको र बारम्बार ताकेता गर्दा पनि महशुल नबुझाएकाले लाइन काट्नु परेको जानकारी गराए ।
नगरप्रमुख रामलाल डगौरा थारूले पाँच करोड रुपियाँ तिर्नु पर्ने पत्र आए पछि कार्यपालिकामा छलफल चलेको जानकारी गराए । विद्युत प्राधिकरणले नगरपालिका क्षेत्रभित्र मिटर नजोडिएका सडक बत्ती र चुहावटको रकम नगरपालिकाका नाममा हाल्दै आएको बताईएको छ ।


