"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुरा कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदी बन्दी हुँदा ब्याबश्थापनमा समस्या

No data was found

Khabar Raftar

चैत्र २३ बाजुरा । बाजुरा कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदी बन्दी हुँदा कारागार ब्याबश्थापनमा समस्या भएको छ । भूकम्पले चर्किएर चिराचिरा परेको जीर्ण भवनमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा कारागार ब्याबश्थापनमा समस्या भएको हो । अपराध गरेर सुधारका लागि कारागारमा राखिएका कैदीबन्दीहरुले भूकम्पका कारण चिराचिरा परेको भवनमा डरैडरमा रात बिताउन बाध्य भएको उनीहरुले बताएका छन ।

विभिन्न अपराधमा संलग्न भएर अदालतबाट कैद सजाय पाएका कैदीबन्दीहका लागी जेलभित्र बस्न पर्याप्त भवन नहुँदा उनीहरुले समस्या भोग्दै आएका छन । वर्षौ पहिले बनेका तीन वटा ढुङगाले छाएका भवन जीर्ण हुनुकासाथै झ्याल समेत नहुँदा कष्टकासाथ रात बिताउन परेको उनीहरुले बताउका छन । कैद सजाय भोगिरहेका उनीहरुले जेलभित्र पनि सहज रुपमा जीवनयापनको महसुस गर्न नसकेको बताएका छन । बस्नका लागि बास र शौचालयको अवस्था पनि दयनीय भएको उनीहरुले बताएका छन ।

भवन अभावका कारण एउटा कोठामा २५ जना भन्दा बढी कैदी बन्दीहरुले उभिएरै रात कटाउनु परेको उनीहरुले बताएका छन । कारागार प्रमुख हंसबहादुर बोहराले जिल्ला कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको बताए । उनले २५ जनाको क्षमता भएको जिल्ला कारागारमा अहिले ७८ जना कैदीबन्दी राख्नु परेको बताए ।

क्षमता भन्दा बढी कैदीबन्दी भएकाले उनीहरुलाई बस्नका लागि कोठाको व्यवस्थापन हुन नसक्दा रातभर जागराम बसेर रात बिताउने गरेको कारागार प्रमुख बोहराले बताए । पटक पटकको भूकम्पका कारण चर्किएर चिराचिरा परेको जीर्ण भवनमा कैदीबन्दीहरु बस्नु पर्दा उनीहरु जोखिममा रहेको कारागार प्रमुख बोहराले बताए । भवन निर्माणका लागि जग्गा पर्याप्त भएको बताउदै उनले बजेट नभएकाले समस्या भएको बताए । प्रदेश र संघ सरकारसँग माग गर्दा पनि सुनुवाइ नभएको उनले जानकारी गराए ।

भवन निर्माणका लागि सात रोपनी जग्गा भए पनि आवश्यक बजेट नहुँदा जीर्ण भवनमा कैदीहरु राख्नु पर्ने बाध्यता रहेको उनले जानकारी गराए । भवन व्यवस्थापन गर्न नसके कारागारभित्र रहेको खाली ठाउँमा त्रिपाल हालेर कैदी बन्दीलाई राख्नुपर्ने बोहराले बताए । कारागारको क्षमता २५ जना भए पनि तीनगुणा बढी बस्दैँ आएको जानकारी गराउदै उनले अब खाली ठाउँमा त्रिपाल हालेर बासस्थानको व्यवस्थापन गर्नुपर्ने अवस्था आएको कारागार प्रमुख बोहराले जानकारी गराए ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र