"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अछाम्मा श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई साढे ३ वर्ष कैद

No data was found

Khabar Raftar

फागुन ०३ अछाम । वैवाहिक बलात्कारको कसूरमा उच्च अदालत दिपायलले अछामका एक जना पुरुषलाई ३ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी समेत गरेको ठहर गर्दै उच्च अदालत दिपायलका कामुमुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगत बहादुर थापाको इजलासले उक्त फैसला सुनाएको हो । बहुविवाह गरे पछि प्रहरीमा जाहेरी दिई कारवाही गराएको भनि प्रतिवादीले विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी गरेको आरोप लगाईएको छ ।

उक्त मुद्दामा बहुविवाहको मुद्दामा छुटेर आए पछि नाम परिबर्तन श्यामले श्रीमतीलाई कुटपिट गर्ने गरेको पाईएको बताइएको छ । २०७७ असोज ६ गते जबरजस्ती करणी गरेको भन्दै पीडितले उजुरी दिए पछि जिल्ला प्रहरी कार्यालय अछामले मुद्दाको अनुसन्धान गरेको बताईएको छ ।

पीडितको शारीरिक परीक्षण गर्दा गर्धन र दायाँ कुमतर्फ चोट पटक लागेको देखिएको बताईएको छ । पीडितले अदालतमा बकपत्र गर्दा समेत जाहेरी अनुसार बेहोरा लेखाएको र प्रतिवादीले भने सहमतिमा करणी गरेको भनि बयान दिएको बताईएको छ ।

पीडितले आफूमाथि जबरजस्ती करणी भए पछि छिमेकीलाई गुहारी आफूमाथि भएको अन्यायको बेहोरा सुनाएको र सोही कुरा साक्षीहरूले अदालतमा ब्यक्त गरेको बताईएको छ । तर जिल्ला अदालतले भने पीडितले जबरजस्ती करणी गरेको भन्ने बेहोराको बकपत्र गरेको भएता पनि जबरजस्ती करणीको कसूर स्थापित हुने प्रमाण नरहेको भनि सफाई दिएको थियो ।

सोमबार भने उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्ट्याउँदै गर्भवती श्रीमतीलाई बहुविवाहको उजूरी दिएको रिसको झोँकमा निर्मम तरिकाले कुटपिट गरी यातना दिई जबरजस्ती करणी गरेकोमा दोषी ठहर गर्दै यो सजाय सुनाएको हो ।

विद्यमान कानून अनुसार एउटा कसुर गरी सजाय पाएकोमा कुनै व्यक्तिले पुनः अर्को कसुर गरेमा पछिल्लो पटक गरेको सजायको दोब्बर सम्म थप सजाय हुने भएकोले यस मुद्दामा ३ बर्ष ६ महिना कैद तोकिएको फैसलामा उल्लेख गरिएको    छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र