"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मनऋषि धीतालका जनयुद्धका डायरी सम्बन्धमा धनगढीमा संवाद

No data was found

Khabar Raftar

फगुन २७ धनगढी । पत्रकार तथा साहित्यकार मनऋषि धितालका जनयुद्धका डायरी सम्बन्धमा धनगढीमा संवाद कार्यक्रम गरिएको छ । शनिबार धनगढीमा धीतालका जनयुद्धकालीन डायरी सम्बन्धमा धनगढीमा संवाद कार्यक्रम गरिएको हो ।

जनयुद्धकालीन अबश्थाका भोगाई र अनुभूतिहरुलाई समेटेर सातवटा किताव एकैपटक प्रकाशनमा ल्याएका धितालले साहित्यकार, पाठक, पत्रकार, बुद्धिजीवी लगायत सरोकारवालासँग आफ्ना कृतिबारे धनगढी सम्बाद गरेका हुन । जनयुद्धमा प्रत्यक्ष संलग्न भएर युद्ध पत्रकारीता गर्दै आएका उनले त्यसक्रममा घटेका घटना र योजनाहरुको कार्यान्वयनमा भएका क्रियाकलापहरुको पुस्तकमा चित्रण गरेका छन । सामाजिक–राजनीतिक उतार चढाव र परिस्थितिलाई पुस्तकमा समेटिएको उनले जानकारी गराए ।

धितालले जेल यात्रा, बेनी यात्रा, आधार यात्रा, राजमार्ग यात्रा पिलीयात्रा र गण्डक यात्रा पुस्तक प्रकाशन गरेका छन् । त्यसैगरी युद्धकालीन अबश्थामा आफूहरूले आदान प्रदान गरेका चिठ्ठीहरू समेटेर गुफा प्रेसका चिठ्ठी समेत प्रकाशित गरेका छन् । जनयुद्धकालीन समयमा आफुलाई बचाउनु सकस भईरहेका बेला आफ्ना लिखतहरुलाई सुरक्षित राख्न सकेका धीतालले डायरी राखेका अनुभव, र अनुभूतिहरुलाई जस्ताको त्यस्तै पुस्तकका रूपमा प्रकाशन गरिएको जानकारी गराए । जनयुद्धको समय र त्यसवेलाको वास्तविकता कितावमा देखाउन खोजिएको उनले जानकारी गराए ।

किताबबारे टीप्पणी गर्दै पत्रकार तुला अधिकारीले पुस्तकमा समावेश युद्धकालका सन्दर्भहरु पठनीय रहेको बताए । मिसनमा रहेका एउटा पत्रकारले गर्नुपरेको संघर्ष, जेलमा रहँदा जेलजीवन भित्रका कुराहरू पुस्तकमा मन छुने ढंगले प्रस्तुत गरिएको उनले बताए । पुस्तकका सम्पादक राजकुमार कुँवरले जेलयात्रामा नेपाली प्रेसले जनयुद्धमा भोग्नुपरेको संकटबारे उल्लेख गरिएको बताए । राजनीति र प्रेस स्वतन्त्रताको आन्दोलन तथा जनयुद्धलाई यथार्थ रूपमा कितावमा प्रस्तुत गरिएको कुँवरले बताए ।

संविधानसभा सदस्य हरि श्रीपाइलीले जनयुद्धकालीन डायरी भावी पुस्ता तथा अनुसन्धानकर्ता, अध्येताहरूलाई माओवादी जनयुद्धकालको अध्ययन, विश्लेषण गर्ने बलियो सन्दर्भ सामग्री हुने बताए । युद्धको इतिहासबाट उदाएका पात्रहरू अहिले सत्तामा पुगेको अबश्थामा जनताका पक्षमा के गरिरहेका छन् भन्ने विषय महत्वपूर्ण भएको उनले बताए । कार्यक्रम्मा पत्रकार विरेन्द्र रावल, दिर्घ उपाध्या, दिल बहादुर छत्याल,मनमोहन स्वार,लगायतका पत्रकार तथा साहित्यकारहरुले पुस्तकको सान्दर्भिकता सम्बन्धमा विचारहरु राखैका थिए ।

त्यसैगरी सुदूरपश्च्मिाञ्ल साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डे र महासचिव गणेश नेपालीले एकैपट ७ वटा पुस्तक प्रकाशन गरेर धीतालले साहित्यमा उर्जाथप्ने काम गरेको बताए । धीतालको सभापतीत्वमा सम्पन्न भएको सम्बाद कार्यक्रमको सञ्चालन पत्रकार महा संघ कैलाली जिल्लाका उपाध्यक्ष पत्रकार हरीष विकले गरेका थिए ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना