"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कोरोनाबाट निको भए पछि किन झर्छ कपाल ? यसबाट कसरी बच्ने ?

No data was found

Khabar Raftar

कोरोनाबाट निको भएपछि धेरैजसो मानिसमा स्वास्थ्य सम्बन्धि समस्या हुन्छ । धेरैजसो मानिसमा कपाल झर्ने समस्या हुन्छ । के तपाईंले पनि यस्तो महसुस गर्नु भएको छ ? कोरोनाबाट निको भएपछि कयौँ मानिसमा कपाल झर्ने समस्या देखिने गरेको छ । आज तपाईंसँग यसको कारण र यसलाई रोक्ने उपाय बारे बताउन गइरहेका छौँ । २३ वर्षकी रोशनी दुई पटक कोरोना संक्रमित भइन् । दोस्रो पटक कोरोना संक्रमित भएपछि घरका सबै सदस्य उनको स्वास्थ्यलाई लिएर चिन्तित भए । तर पुरानो गल्तीबाट पाठ सिकेर उनी चाँडै निको भइन् । तर एउटा कुराले उनलाई पछ्याउन छोडेन । यो थियो, कपाल भर्ने समस्या ।रोशनीको पहिलो पटक कोरोना भएको बेला पनि कपाल झरिरहेको थियो यस पटक त असाध्यै झर्यो । कपाल धेरै झरेकाले अब त उनले कपाल कोर्नै छोडिन् । उनी भन्छिन्, ‘अब के गर्ने ? थाहा छैन ।’ रोशनीको यो समस्या छाला रोग विशेषज्ञ डा. निरजले सम्बोधन गरेका छन् । डा. निरजले रोशनी जस्ता कयौँले यस्तो समस्या भोगिरहेको बताएका छन् । तर कपाल झर्यो भन्दैमा असाध्यै धेरै तनाव लिने काम चाहिँ गर्न नहुने उनले सुझाएका छन् । यो समस्याको पनि समाधान हुने डा. बताउँछन् ।
कति कपाल झर्नु सामान्य ?
अमेरिकन एकेडेमी अफ डर्माटोलोजिस्टका अनुसार दैनिक ५० देखि १०० वटा कपाल झर्नु स्वभाविक हो । कोरोनाबाट निको भएपछि धेरैजसो मानिसको २०० वटा भन्दा बढी कपाल झर्छ । भारतको इन्द्रप्रस्थ एपोलो अस्पतालका डाक्टर शाहिन भन्छिन्, ‘यो पहिले पनि धेरै मानिसमा देखिने समस्या थियो । कोभिडपछि भने यो समस्यामा थप वृद्धि भएको छ ।
यसमा महिला र पुरुष दुबैको संख्या बराबरी रहेको छ । कोरोनाका कारण शरीर कमजोर हुन्छ । डाइटमा पनि परिवर्तन हुन्छ ।’ ‘हामी ठिक त हुन्छौँ नि ?,’ यस्तो कुरा सोचिरहन्छन् । यस्तोमा तनावको स्तर बढ्ने गर्छ । कोभिडपछि यी सबै समस्या केही दिनसम्म रहिरहन्छ । यसलाई टेलोजन एफ्लुवियम भनिन्छ । कपाल झर्नुको एउटा कारण टेलोजन एफ्लुवियम हो । यदि खाना सहि लिने हो भने यो समस्याको समाधान छिट्टै हुने गर्छ ।
टेलोजेन एफ्लुवियम के हो ?
हाम्रो कपाल वृद्धिको दुई चरण हुन्छन् । पहिलो बढ्ने चरण र दोस्रो रेस्टिङ चरण । हाम्रो ७० देखि ८० प्रतिशत कपाल बढ्ने चरणमा हुन्छन् र बाँकि रेस्टिङ चरणमा हुने गर्छ । जब हामीलाई डिप्रेसन हु्न्छ वा अन्य कुनै किसिमको तनाव बढ्छ र यो केही दिनसम्म जारी रहन्छ भने हाम्रो ५० प्रतिशत कपाल रेस्टिङ चरणमा
जान्छन् । फलस्वरुप यसले कपाल झर्ने समस्या निम्त्याउँछ । यो समस्यालाई मेडिकल भाषामा टेलोजन एफ्युवियम भनिन्छ ।
कहिले हुन्छ समस्या समाधान ?
कोभिडपछि कपाल झर्ने समस्या देखिएको छ भने धेरै चिन्तित
नहुनुहोस् । टाइफाइड र जन्डिसपछि पनि मानिस यस किसिमको गुनासो लिएर आउँछन् । बच्चाको जन्मपछि पनि महिलाहरु कपाल झरेको गुनासो गर्ने गर्छन् । यदि तपाईं कुनै पनि गम्भीर रोगबाट ठीक हुनु भयो र शरीरलाई सामान्य अवस्थामा आउन केही समय लाग्न सक्छ । यसैगरी कपाल झर्ने समस्याको समाधानका लागि पनि ५–६ हप्ता लाग्न सक्छ ।
यसलाई रोक्न अन्य उपाय कस्ता छन् ?
– आफ्नो खानपिनमा ध्यान दिनुहोस्
– शारीरिक र मानसिक तनावबाट टाढै बस्नुहोस् ।
– आफ्नो खानामा भिटामिन, प्रोटिन र आइरनले भरपुर चिज समावेश गर्नुहोस् ।
– तनाव कम गर्नका लागि आफूलाई मनपर्ने केही क्रियाकलापमा व्यस्त हुनुहोस् ।
यस्ता चिजलाई आफ्नो खानामा समावेश गर्नुहोस ः
जुन चिजमा प्रोटिन हुन्छन् र जुन चिजले हाम्रो कपाललाई बलियो बनाउँछ, त्यसलाई खानपिनमा समावेश गर्नुहोस् ।
– कोही शाकाहारी हुनुहुन्छ भने सोयाबिन, दाल, पनिर आदि खान सक्नुहुन्छ । यसमा प्रोटिनको मात्रा धेरै हुन्छ ।
– यसैगरी आइरनले भरपुर खानेकुरा जस्तै पालुङ्गो, हरियो पत्तेदार सागसब्जी खानुहोस् ।
– दिनमा ४ देखि ५ लिटर पानी पिउनुहोस् ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र