"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रोजगारीका लागी गाउँछाड्नेको संख्या बढेपछि पहाडी जिल्लाका दलित बस्तीका अधिकांस घरमा ताला

No data was found

Khabar Raftar

असोज ०५ धनगढी । रोजगारीका लागी गाउँ छाड्नेको संख्या बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका दलित बस्तीका अधिकांस घरमा ताला लागेको छ ।

लामो समय देखि पर्याप्त वर्षा नहुँदा खडेरीसँगै सिँचाइको अभावमा खेतीपाती राम्रो नहुँदा गाउँका मानीसहरु रोजगारीका लागी भारत जाँने गरेकाले पहाडी जिल्लाका दलित बस्तीका अधिकांस घरमा ताला लागेको हो ।

गाउमा रोजगारीको अबसर नहुँदा र खेतीपाती पनि राम्रो नहुँदा ठूलो संख्यामा स्थानीय युवाहरू रोजगारीको खोजीमा भारत तथा अन्यत्र जान बाध्य भएकाले गाउ सुनसान बनेका छन । बझाङका विभिन्न दलित बस्तीमा अहिले धेरै घरमा ताला लगाईएका छन ।

जयपृथ्वी नगरपालिका वडा नम्बर–१ कैलाशका ७६ वर्षीय प्यारु सार्कीका अनुसार दुई दशक अघिसम्म आफ्नै खेतबारी र परम्परागत कामबाट परिवारको गुजारा चल्ने गरेको भए पनि पछिल्ला वर्षमा पानीको अभावका कारण कृषि उत्पादन घट्दै गएपछि खेतीबाट वर्षभरि खान पुग्ने अवस्था छैन ।

पहिले खेतबारीमा अन्न उत्पादन हुन्थ्यो, गाउँमा मानिसको चहलपहल पनि थियो,” सार्कीले भने, “अहिले पानी नपरेपछि खेतीबाट खान पुग्दैन । रोजगारीका लागि छोराछोरी बाहिर गएपछि गाउँमा वृद्धवृद्धा मात्रै बस्नुपर्ने अवस्था आएको छ ।

कैलाश गाउँमा मात्रै दलित समुदायका ४५ परिवारको बसोबास रहेकोमा करिब ३० घरमा ताल्चा लागेको स्थानीयले बताएका छन । गाउँमा रहेका परिवार मध्ये पनि अधिकांश घरमा वृद्धवृद्धा मात्रै रहेका छन् । लामो समय देखि मानिस नबस्दा कतिपय घर जीर्ण बन्दै गएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिममा हिउँदे वर्षाको मात्रा पछिल्ला दशकमा घट्दो क्रममा छ । सन् २००९ यताका अधिकांश हिउँदमा औसतभन्दा कम वर्षा भएको तथ्यांक रहेको बताइएको छ ।

हिउँदे वर्षा घट्नुका साथै मनसुनमा समेत पर्याप्त पानी नपर्दा पहाडी क्षेत्रमा खडेरीको समस्या थप गम्भीर बन्दै गएको विज्ञहरूको भनाइ छ ।

बझाङमा दलित समुदायको कमजोर आर्थिक अवस्था, भूमिहीनता र सिँचाइको अभावले समस्या थप जटिल बनाएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा ५ हजार ६ सय ६४ दलित परिवार रहेका छन् । तीमध्ये ठूलो हिस्सा आफ्नै उत्पादनले केही महिना मात्र खान पुग्ने अवस्थामा रहेको तथ्यांकले देखाएको छ ।

स्थानीय अगुवा हरि सार्कीका अनुसार खेतीमा निर्भर परिवारका लागि पानीको अभाव सबैभन्दा ठूलो समस्या बनेको छ । “वर्षा नहुँदा खेत बाँझै रहन्छ । खेतीबाट आम्दानी नहुने भएपछि परिवार पाल्नकै लागि युवाहरू भारत जान बाध्य छन्,” उनले भने । “गाउँमै रोजगारी र सिँचाइको व्यवस्था गर्न सके बसाइँसराइ केही हदसम्म रोक्न सकिने उनले बताए ।

बझाङ मात्रै होइन, अछाम र बाजुराका दलित बस्तीको अवस्था पनि उस्तै रहेको स्थानीयको भनाइ छ । अछामको बयलपाटामा केही वर्षअघि सयौँ दलित परिवारको बसोबास रहे पनि अहिले उल्लेख्य संख्यामा गाउँ छाडेर गएको बताइएको छ । बाजुराको मुक्तिकोटमा लामो समय देखि वर्षा नहुँदा खेतीपाती प्रभावित हुनुका साथै खाद्य अभाव र कुपोषणको समस्या समेत गम्भीर बन्दै गएको जनाइएको छ ।

जलवायुजन्य विपद्को उच्च जोखिममा रहेका दलित समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक पहुँच कमजोर भएकाले खडेरी, बाढीपहिरो र अन्य प्राकृतिक विपद्को असर थप गहिरो पर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

खडेरी, रोजगारीको अभाव र बसाइँसराइका कारण गाउँका घर मात्रै खाली भएका छैनन्,स्थानीय सीप, परम्परा, सामाजिक सम्बन्ध र बस्तीको अस्तित्व समेत प्रभावित हुँदै गएको छ ।

जलवायु परिवर्तनका कारण आगामी दिनमा खडेरीको समस्या थप बढ्न सक्ने अध्ययनहरूले देखाएका छन् । यस्तो अवस्थामा पहाडी क्षेत्रमा सिँचाइ विस्तार, स्थानीय रोजगारी सिर्जना, जलवायु अनुकूल कृषि प्रणाली, खाद्य सुरक्षा तथा जोखिममा रहेका समुदायका लागि लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

भर्खरै

असोज दोस्रो साता भित्र बजेट ल्याउँछौँ ः मुख्यमन्त्री भट्ट
रोजगारीका लागी गाउँछाड्नेको संख्या बढेपछि पहाडी जिल्लाका दलित बस्तीका अधिकांस घरमा ताला
कञ्चनपुर स्थित दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतीमा अघी बढ्यो
असोज ८ गते देखि भारी वर्षाको सम्भावना
त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो
धनगढीमा बिफोरजी परियोजनाको सिकाइ समिक्षा आयोजना
लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्यविधि खारेज गर्न पत्रकार महासंघको माग
बाढीमा बेपत्ता कैलालीका श्रमिकका परिवारलाई पारिश्रमिक वितरण
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
कैलालीबाट ब्राउनसुगर सहित पाँच जना पक्राउ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

khagraj-bhatta-e1789967768736

असोज दोस्रो साता भित्र बजेट ल्याउँछौँ ः मुख्यमन्त्री भट्ट

khaderi-e1789973424896

रोजगारीका लागी गाउँछाड्नेको संख्या बढेपछि पहाडी जिल्लाका दलित बस्तीका अधिकांस घरमा ताला

dodhara-chadani

कञ्चनपुर स्थित दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतीमा अघी बढ्यो

232b9fac-349d-483a-b462-99e75bd5dc01

असोज ८ गते देखि भारी वर्षाको सम्भावना

e3578770-9b8c-4a18-b530-7c5d7f022594

त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो

00c57481-1dd4-4255-a5f3-4e53c9feef38

धनगढीमा बिफोरजी परियोजनाको सिकाइ समिक्षा आयोजना

53860214-f8c7-4731-9c94-91a610302cfa

लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्यविधि खारेज गर्न पत्रकार महासंघको माग

2345-1

बाढीमा बेपत्ता कैलालीका श्रमिकका परिवारलाई पारिश्रमिक वितरण