"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

असोज ८ गते देखि भारी वर्षाको सम्भावना

No data was found

Khabar Raftar

असोज ०५ धनगढी । असोज ८ गते देखि १२ गते सम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने भन्दै मौसमविद्हरूले सम्भावित जोखिम प्रति सतर्क रहन आग्रह गरेका छन् । बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणाली थप बलियो बन्दै नेपालतर्फ सर्ने सम्भावना देखिए पछि केही मौसमविद्ले भारी देखि अति भारी वर्षाको प्रक्षेपण गरेकाले जोखिम प्रति सतर्क रहन आग्रह गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडलको अध्ययन गर्दा केही स्थानमा अत्यधिक वर्षाको सम्भावना देखिएको बताएका छन् । केही मोडलले ४ सय मिलिमिटर भन्दा बढी, कतिपयले ७ सय ४१ मिलिमिटर सम्म वर्षा देखाएको उनको भनाइ छ ।

यद्यपि यस्तो वर्षा देशभर समान रूपमा नभई निश्चित स्थानमा केन्द्रित हुन सक्ने भएकाले यसलाई अन्तिम पूर्वानुमानका रूपमा लिन नहुने उनले बताएका   छन् । जल तथा मौसम विज्ञान विभागले भने मौसमी प्रणालीलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ ।

विभागका अनुसार प्रणालीको दिशा, गति र शक्ति अझै परिवर्तन हुन सक्ने भएकाले नेपालमा पर्ने प्रभावबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न सकिने अवस्था छैन । आगामी दिनमा प्रणालीको विकासक्रम स्पष्ट हुँदै जाने विभागको भनाइ छ ।

मौसमविद्हरूका अनुसार बंगालको खाडीबाट आउने प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीबीचको अन्तरक्रिया बलियो भए वर्षाको मात्रा बढ्न  सक्छ । विशेषगरी पूर्वदेखि मध्य र पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएको छ ।

ठूलो वर्षा भएमा पछिल्लो समय वर्षाका कारण चिस्यान बढेको जमिन र नदी–खोलामा पानीको बहाव बढ्दा बाढी तथा पहिरोको जोखिम थपिन सक्ने मौसमविद्हरूले बताएका छन् । पाक्न लागेको धानबालीमा समेत असर पर्न सक्ने भएकाले किसानलाई सतर्क रहन आग्रह गरिएको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै विपद् व्यवस्थापन निकायले पनि मौसमी प्रणालीको निगरानी र पूर्वतयारी अघि बढाइरहेको जनाएको छ । मौसमविद्हरूले अनावश्यक त्रास फैलाउनु भन्दा आधिकारिक मौसम सूचना नियमित रूपमा हेर्न र आवश्यकता अनुसार यात्रा तथा अन्य गतिविधिको योजना बनाउन सुझाव दिएका छन् ।

भर्खरै

असोज दोस्रो साता भित्र बजेट ल्याउँछौँ ः मुख्यमन्त्री भट्ट
रोजगारीका लागी गाउँछाड्नेको संख्या बढेपछि पहाडी जिल्लाका दलित बस्तीका अधिकांस घरमा ताला
कञ्चनपुर स्थित दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतीमा अघी बढ्यो
असोज ८ गते देखि भारी वर्षाको सम्भावना
त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो
धनगढीमा बिफोरजी परियोजनाको सिकाइ समिक्षा आयोजना
लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्यविधि खारेज गर्न पत्रकार महासंघको माग
बाढीमा बेपत्ता कैलालीका श्रमिकका परिवारलाई पारिश्रमिक वितरण
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
कैलालीबाट ब्राउनसुगर सहित पाँच जना पक्राउ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

khagraj-bhatta-e1789967768736

असोज दोस्रो साता भित्र बजेट ल्याउँछौँ ः मुख्यमन्त्री भट्ट

khaderi-e1789973424896

रोजगारीका लागी गाउँछाड्नेको संख्या बढेपछि पहाडी जिल्लाका दलित बस्तीका अधिकांस घरमा ताला

dodhara-chadani

कञ्चनपुर स्थित दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतीमा अघी बढ्यो

232b9fac-349d-483a-b462-99e75bd5dc01

असोज ८ गते देखि भारी वर्षाको सम्भावना

e3578770-9b8c-4a18-b530-7c5d7f022594

त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो

00c57481-1dd4-4255-a5f3-4e53c9feef38

धनगढीमा बिफोरजी परियोजनाको सिकाइ समिक्षा आयोजना

53860214-f8c7-4731-9c94-91a610302cfa

लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्यविधि खारेज गर्न पत्रकार महासंघको माग

2345-1

बाढीमा बेपत्ता कैलालीका श्रमिकका परिवारलाई पारिश्रमिक वितरण