"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली बहुमुखी क्याम्पसले नवउद्यमी सम्मेलन गर्ने

No data was found

Khabar Raftar

असोज ०४ धनगढी । कैलाली बहुमुखी क्याम्पसले सुदूरपश्चिम नवउद्यमी सम्मेलन गर्ने भएको छ । क्याम्पस अन्तर्गतको इन्क्युबेसन सेन्टरको आयोजना, राष्ट्रिय योजना आयोग तथा सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र विभिन्न स्थानीय तह, बैंक, वित्तीय संस्थाको साझेदारीमा आगामी कात्तिक १३ गते देखि १५ गते सम्म क्याम्पसले सम्मेलन गर्ने भएको हो ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको क्याम्पसले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी यही क्षेत्रमा केही गर्ने सोच भएका युवालाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।

इन्क्युबेसन सेन्टरका संयोजक सहप्राध्यापक डा. राजेन्द्रवीर चन्दले युवाहरुलाई उद्यमशीलतामा जोड्न सम्मेलन गर्न लागिएको बताए । व्यवसाय लगायत विभिन्न विधामा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्न सम्मेलन सहयोगी हुने उनले बताए ।

स्वरोजगार बन्न र रोजगारी सिर्जना गर्न चाहने युवालाई ‘मेन्टर सीप’ र उद्यम सुरु गर्न आर्थिक सहयोग पनि गरिने सहप्राध्यापक चन्दले पत्रकार सम्मेलनमा जानकारी गराए । क्याम्पसका अनुसार ७० जनालाई विज्ञहरुबाट प्रशिक्षण दिइनुका साथै व्यवसाय, उद्यम सुरु गर्न विनाब्याजमा दुईदेखि चार लाख रुपैयाँसम्म सहयोग गरिने छ ।

इन्क्युबेसन सेन्टरका सदस्य समेत रहेका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले स्नातक गरेका र नवउद्यममा जान चाहने, विदेशमा सीप सिकेर फर्केका र यहीँ केही गर्ने चाहना भएकालाई सम्मेलन उपयुक्त मञ्च भएको बताए ।

सम्मेलनमा सहभागिताका लागि स्विकृत गरिने ७० वटा प्रस्ताव मध्ये ३५ जना विद्यार्थी र ३५ जना व्यवसायीबाट रहने क्याम्पस प्रमुख बिष्टले जानकारी गराए । सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. तारादत्त भट्टले सुदूरपश्चिम नवउद्यमी सम्मेलन गर्न विश्वविद्यालयले आवश्यक सहयोग र समन्वय गर्ने बताए ।

भर्खरै

असोज दोस्रो साता भित्र बजेट ल्याउँछौँ ः मुख्यमन्त्री भट्ट
रोजगारीका लागी गाउँछाड्नेको संख्या बढेपछि पहाडी जिल्लाका दलित बस्तीका अधिकांस घरमा ताला
कञ्चनपुर स्थित दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतीमा अघी बढ्यो
असोज ८ गते देखि भारी वर्षाको सम्भावना
त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो
धनगढीमा बिफोरजी परियोजनाको सिकाइ समिक्षा आयोजना
लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्यविधि खारेज गर्न पत्रकार महासंघको माग
बाढीमा बेपत्ता कैलालीका श्रमिकका परिवारलाई पारिश्रमिक वितरण
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
कैलालीबाट ब्राउनसुगर सहित पाँच जना पक्राउ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

khagraj-bhatta-e1789967768736

असोज दोस्रो साता भित्र बजेट ल्याउँछौँ ः मुख्यमन्त्री भट्ट

khaderi-e1789973424896

रोजगारीका लागी गाउँछाड्नेको संख्या बढेपछि पहाडी जिल्लाका दलित बस्तीका अधिकांस घरमा ताला

dodhara-chadani

कञ्चनपुर स्थित दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतीमा अघी बढ्यो

232b9fac-349d-483a-b462-99e75bd5dc01

असोज ८ गते देखि भारी वर्षाको सम्भावना

e3578770-9b8c-4a18-b530-7c5d7f022594

त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो

00c57481-1dd4-4255-a5f3-4e53c9feef38

धनगढीमा बिफोरजी परियोजनाको सिकाइ समिक्षा आयोजना

53860214-f8c7-4731-9c94-91a610302cfa

लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्यविधि खारेज गर्न पत्रकार महासंघको माग

2345-1

बाढीमा बेपत्ता कैलालीका श्रमिकका परिवारलाई पारिश्रमिक वितरण