"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीको शिवगंगा नदीमा पुल नहुँदा स्थानीय बासिन्दाले वर्षौंदेखि समस्या झेल्दै

No data was found

Khabar Raftar

असोज ०४ धनगढी । धनगढी उपमहानगरपालिका वड नम्बर–१७ पथरीस्थित शिवगंगा नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले वर्षौंदेखि समस्या झेल्दै आएका छन् । छोटो दूरीको सडकबाट धनगढी बजार तथा वडा नम्बर १६ र १७ आवत जावत गर्न नदी पार कगर्नुपर्ने भए पनि नदीमा पुल नहुँदा स्थानीयले वर्षौंदेखि समस्या झेल्दै आएका हुन ।

पुल नहुँदा वैकल्पिक बाटो वा डल्लबको भर पर्नुपर्ने स्थानीयको बाध्यता छ । धनगढीका विभिन्न वडा तथा अन्य क्षेत्रबाट वडा नम्बर १६ र १७ प्रवेश गर्ने नागरिकले शिवगंगा नदी पार गर्नुपर्ने अवस्था छ । विशेषगरी धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको श्री बेहडाबाबा मन्दिर जाने भक्तजनले समेत यही नदी पार गरेर जानु पर्ने अबश्था छ ।

आस्थाको केन्द्रका रूपमा रहेको बेहडाबाबा मन्दिरमा नियमित रूपमा ठूलो संख्यामा भक्तजन पुग्ने गरे पनि नदीमा पुल नहुँदा उनीहरूले आवत जावतमा समस्या र थप खर्च व्यहोर्नुपरेको स्थानीयले गुनासो गरेको छ । पुलको अभावमा नदी वारपार गर्न अहिले डल्लब अर्थात् बैलगाडाको सहारा लिनुपर्ने अवस्था    छ । डल्लबबाट नदी पार गरेबापत प्रतिव्यक्ति ३० रुपैयाँ र मोटरसाइकलका लागि १ सय रुपैयाँ शुल्क तिर्नुपर्ने स्थानीयले बताएका छन ।

मन्दिर दर्शनका लागि जाने भक्तजनले आउँदा–जाँदा दुईपटक शुल्क तिर्नुपर्दा थप आर्थिक भार पर्ने गरेको छ । नदी पार गर्ने क्रममा जोखिम समेत उत्तिकै रहेको स्थानीयले बताएका छन । नदीमा पानीको बहाव बढेका बेला डल्लबबाट वारपार गर्न झन् जोखिम हुने गरेको उनीहरूले बताएका छन । पुल निर्माण नहुँदासम्म आफूहरूले डल्लब सञ्चालन गरेर नागरिकलाई वारपार गराइरहने डल्लब चालकले बताएका छन ।

यसबाट स्थानीय केही व्यक्तिले रोजगारी समेत पाएका छन् । धनगढीको जखौर ताल हुँदै बेहडाबाबा मन्दिर जाने सडक कालोपत्रे भइसकेको भएपनि शिवगंगा नदीमा पुल नहुँदा सडक पूर्वाधार जोडिए पनि आवत जावत सहज हुन सकेको छैन । स्थानीयका अनुसार सडक राम्रो भए पनि नदीमा पुल नहुँदा यात्राको बीचमै अवरोध आउने गरेको छ ।

छोटो दूरीमा रहेको धनगढी बजार पुग्न समेत पुलको अभावमा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । कतिपय स्थानीयले शिवगंगा नदी पार गर्ने छोटो बाटो छाडेर कनरी हुँदै लामो दूरीको सडक प्रयोग गर्ने गरेका छन ।
वर्षौंदेखि पक्की पुलको माग हुँदै आए पनि सम्बन्धित निकायबाट ठोस पहल हुन नसकेको स्थानीयले गुनासो गरेका छन ।

प्रदेशको राजधानी समेत रहेको धनगढीमा महत्वपूर्ण धार्मिकस्थल र बस्ती जोड्ने सडकमा पुल नहुँदा नागरिकले दैनिक रूपमा समस्या भोग्नुपरेको उनीहरूको भनाइ छ । स्थानीयले शिवगंगा नदीमा यथाशीघ्र पक्की पुल निर्माण गरी वडा नम्बर १६ र १७ सहित बेहडाबाबा मन्दिर सम्मको आवतजावत सहज बनाउन तीनै तहका सरकारसंग माग गरेका छन् ।

नागरिकको दैनिक आवतजावतसँगै धार्मिक तथा पर्यटकीय गतिविधि समेत जोडिएको यस क्षेत्रमा पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनु पर्ने उनीहरूको माग छ ।

भर्खरै

असोज दोस्रो साता भित्र बजेट ल्याउँछौँ ः मुख्यमन्त्री भट्ट
रोजगारीका लागी गाउँछाड्नेको संख्या बढेपछि पहाडी जिल्लाका दलित बस्तीका अधिकांस घरमा ताला
कञ्चनपुर स्थित दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतीमा अघी बढ्यो
असोज ८ गते देखि भारी वर्षाको सम्भावना
त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो
धनगढीमा बिफोरजी परियोजनाको सिकाइ समिक्षा आयोजना
लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्यविधि खारेज गर्न पत्रकार महासंघको माग
बाढीमा बेपत्ता कैलालीका श्रमिकका परिवारलाई पारिश्रमिक वितरण
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
कैलालीबाट ब्राउनसुगर सहित पाँच जना पक्राउ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

khagraj-bhatta-e1789967768736

असोज दोस्रो साता भित्र बजेट ल्याउँछौँ ः मुख्यमन्त्री भट्ट

khaderi-e1789973424896

रोजगारीका लागी गाउँछाड्नेको संख्या बढेपछि पहाडी जिल्लाका दलित बस्तीका अधिकांस घरमा ताला

dodhara-chadani

कञ्चनपुर स्थित दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतीमा अघी बढ्यो

232b9fac-349d-483a-b462-99e75bd5dc01

असोज ८ गते देखि भारी वर्षाको सम्भावना

e3578770-9b8c-4a18-b530-7c5d7f022594

त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो

00c57481-1dd4-4255-a5f3-4e53c9feef38

धनगढीमा बिफोरजी परियोजनाको सिकाइ समिक्षा आयोजना

53860214-f8c7-4731-9c94-91a610302cfa

लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्यविधि खारेज गर्न पत्रकार महासंघको माग

2345-1

बाढीमा बेपत्ता कैलालीका श्रमिकका परिवारलाई पारिश्रमिक वितरण