"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरमा कांग्रेस संस्थापन र इतर पक्षको छुट्टाछुट्टै भेला

No data was found

Khabar Raftar

भदौ २४ कञ्चनपुर । कञ्चनपुरमा नेपाली कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षका नेताहरूले छुट्टाछुट्टै भेला गरेका छन । यही भदौ २० गतेदेखि २२ गतेसम्म निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले जिल्लाका सात वटा पालिकाहरूमा अगुवा कार्यकर्ता भेला सकेलगत्तै संस्थापन पक्षले २३ भदौमा महेन्द्रनगरमा कार्यकर्ता भेला गरेको हो ।

१४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेताद्वय एनपी साउद र रमेश लेखक, जिल्ला सभापति पदम बोगटी सहितका देउवा पक्षीय नेताहरूको उपस्थितिमा कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, भीमदत्त, दोधाराचाँदनी र पुनर्वासमा अगुवा नेता कार्यकर्ताहरूको भेला भएको थियो ।

भेलामा नेताद्वय साउद र लेखकले पार्टी सभापति शेरबहादुर देउवालाई नसोधेरै निर्वाचन आयोगले सिधै गगन थापाको नाममा पार्टी आधिकारिकता दिएको आरोप लगाए । थापा नेतृत्वको कांग्रेस अवैधानिक भएको भन्दै उनीहरूले १४औँ महाधिवेशनबाट निर्वाचित टिमले नै १५औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए ।

देउवापक्षीय नेता एवं कञ्चनपुरका उपसभापति मीनबहादुर सिंहले १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा जिल्लाभरका नेता कार्यकर्ताहरूसँग छलफल भेटघाट गरेको बताए । देउवापक्षीय नेताहरूले तीन दिन लगातार जिल्लाका विभिन्न ठाउँमा पुगेर कार्यकर्ताहरूसँग भेटघाट सम्पन्न गरेको भोलिपल्टै संस्थापन पक्षले भदौ २३ गते मंगलबार जिल्ला पार्टी कार्यालयमा भेटघाट गरेको हो ।

संस्थापन पक्षमा खुलेरै देखिएका १४औँ महाधिवेशनबाट निर्वाचित जिल्ला सचिव नाफुसिंह साउदले जिल्ला उपसभापति हरिशचन्द्र रानाको अध्यक्षमा केन्द्रीय सदस्य सन्तोषी साउद ऐर, नेताहरू दिवानसिंह विष्ट, बहादुरसिंह थापा सहितको उपस्थितिमा भेला गरिएको बताए । पार्टी एकताका लागि १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा तयारी बैठक गरेर एकताकै सन्देश दिन खोजिएको उनले बताए ।

भर्खरै

वन अधिकृत हुँ भन्दै ठगी गर्ने कैलालीका एक जना युवक धनगढीबाट पक्राउ
कञ्चनपुरमा कांग्रेस संस्थापन र इतर पक्षको छुट्टाछुट्टै भेला
अन्धविश्वासका कारण बाजुराकी कमलाले बाटोमै छोरा जन्माइन्
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सुझाव संकलन
दार्चुलामा नेपालतर्फ भारतीय गाउँको नाम लेखिएको बोर्ड राखिए पछि सच्याउन माग
चिनी महँङगो हुँदा सीमावर्ती क्षेत्रका उपभोक्ता मारमा
कैलालीको ऐतिहासिक प्रशासनिक भवन पुनर्निर्माण गर्न पुरातत्व विभागसँग अनुरोध
विश्व हिन्दू परिषद् नेपालको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न
भन्सार छलीका सामान सहित कञ्चनपुरबाट नौ जना महिला नियन्त्रणमा
निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-1

वन अधिकृत हुँ भन्दै ठगी गर्ने कैलालीका एक जना युवक धनगढीबाट पक्राउ

bhela2026-09-08-05-10-24

कञ्चनपुरमा कांग्रेस संस्थापन र इतर पक्षको छुट्टाछुट्टै भेला

dd5e0273-76b3-44fa-91fe-20b37704162c

अन्धविश्वासका कारण बाजुराकी कमलाले बाटोमै छोरा जन्माइन्

1

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सुझाव संकलन

2112_6

दार्चुलामा नेपालतर्फ भारतीय गाउँको नाम लेखिएको बोर्ड राखिए पछि सच्याउन माग

0bea8c7e-b2e6-4c9b-bc09-9ee3fd0fee8f

चिनी महँङगो हुँदा सीमावर्ती क्षेत्रका उपभोक्ता मारमा

ppp

कैलालीको ऐतिहासिक प्रशासनिक भवन पुनर्निर्माण गर्न पुरातत्व विभागसँग अनुरोध

4c3cb7e7-062a-4537-bef2-44992be632df

विश्व हिन्दू परिषद् नेपालको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न