"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

No data was found

Khabar Raftar

जेठ ११ दार्चुला । दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने मोटरेबल पुल सञ्चालनमा ढिलाइ भएको छ । नेपालतर्फको १ सय ३० मिटर मुख्य सडक निर्माण समेत अन्तिम चरणमा रहेका बेला मोटरेबल पुल सञ्चालनमा ढिलाइ भएको हो । नेपालतर्फको सडक निर्माण गरिरहेको निर्माण कम्पनीका सबइन्जिनियर दौलतसिंह गन्डीले सडकमा कङ्क्रिटको मात्रै काम गर्न बाँकी रहेको बताउदै केही दिनमै पूरा हुने बताए ।

नेपाल सरकार र भारत सरकारको सहमतिमा नेपालको महाकाली नगरपालिका वडा नम्बर–८, असिगडा र भारतको धार्चुला तहसिल अन्तर्गत पर्ने छारछुम क्षेत्रमा १ सय १० मिटर लम्बाइको दुई लेनको मोटरेबल पुल निर्माण गरिएको हो । स्थानीय नरेश भट्टले निर्माण पूरा भइसकेको पुल सञ्चालन गर्नुपर्ने बताएका छन ।

स्थानीय व्यापार, पर्यटन क्षेत्रलाई माथि उठाउन दुई देशको सीमामा बनेको पुल यथाशीघ्र सञ्चालन गर्नुपर्ने उनले बताए । दार्चुलाका प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले पुल सञ्चालनका लागि पहल गर्ने बताए । पुलको तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा शिलान्यास गरेका थिए ।

पुलनजिक पर्ने नेपालतर्फको जग्गा प्राप्तिको काम पूरा भइसकेको तथा भन्सार, क्वारेन्टाइन, सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने संरचना निर्माण हुन बाँकी रहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी गराए । पुल सञ्चालन गर्ने विषयमा स्थानीय प्रशासनमा केन्द्रबाट कुनै जानकारी नआएको उनले बताए ।

सम्झौता अनुसार पुल निर्माण २०२३ अक्टोबरमा सक्नुपर्ने भए पनि थप काम गर्नुपर्ने भएपछि निर्माण लम्बिएको सबइन्जिनियर गन्डीले बताए । पुलको निर्माण भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाबले गरेको थियो । नेपाल–भारत जोड्ने मोटरेबल पुल निर्माणले दुई देशबिचको व्यापारिक, पर्यटकीय र सांस्कृतिक पक्षमा महत्वपूर्ण टेवा पुग्ने दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेशसिंह थापाले बताए ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भारत जोड्न मोटरेबल पुल दार्चुलामा निर्माण भएको हो । पुल सञ्चालनमा आए पछि दार्चुला, बैतडी, बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीन सम्मको व्यापार दार्चुलाको नाकाबाट हुन सक्ने जिल्ला समन्वय समिति प्रमुख महादेव बडुले बताए ।

भर्खरै

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ
जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने
खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ
कञ्चनपुरको बेलौरीमा मापदण्ड विपरीत सञ्चालित क्लिनिक शिल
सुदूरपश्चिम प्रदेश सभामा २ वटा विधेयक टेबल
केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष
अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई वटा नगरपालिकामा एक साता विद्यालय बन्द
बाजुराको लाम्पाटामा भएको कुटपिट तथा लुटपाट प्रकरणमा २३ जना विरुद्ध उजुरी दर्ता
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जना बालिकाको मृत्यु
डडेल्धुरामा रुखबाट लडेर शिक्षकको मृत्यु

धेरै कमेन्ट गरिएको

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

541f2167-6ff2-4c97-9eec-db4b0dcb26af

जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने

pakrau-1

खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरको बेलौरीमा मापदण्ड विपरीत सञ्चालित क्लिनिक शिल

d1799e91-6eb2-4736-b45f-bfca8bae98f6

सुदूरपश्चिम प्रदेश सभामा २ वटा विधेयक टेबल

bhela-1

केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष

e480c104-2d73-47ea-909a-4f45ce800ea6

अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई वटा नगरपालिकामा एक साता विद्यालय बन्द

lampata-ghatana

बाजुराको लाम्पाटामा भएको कुटपिट तथा लुटपाट प्रकरणमा २३ जना विरुद्ध उजुरी दर्ता