"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष

No data was found

Khabar Raftar

जेठ ११ धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले पार्टीको विशेष महाधिवेशनबाट आएको केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ । धनगढीमा सम्पन्न प्रदेशस्तरीय भेलाले पार्टी भित्रको आन्तरिक कलह, गुटबन्दी र वर्तमान सरकारको कार्यशैली प्रति गम्भीर प्रश्न उठाउँदै ११ बुँदे घोषणापत्र जारी गर्दै उक्त निष्कर्ष निकालेको हो । प्रदेश सभापति वीरबहादुर बलायरले जारी गरेको विज्ञप्तिमा विशेष महाधिवेशनका कारण पार्टीमा विभाजनको रेखा कोरिएको र यसले भर्खरै सम्पन्न निर्वाचनमा समेत नकारात्मक असर पारेको उल्लेख गरिएको छ ।

भेलाले १५ औँ महाधिवेशनलाई निष्पक्ष र धाँधलीरहित बनाउन साविक र वर्तमान केन्द्रीय समितिको समन्वयमा एउटा ‘तटस्थ निर्वाचन समिति’ गठन गर्न माग गरेको छ । विशेष महाधिवेशनले १४ औँ महाधिवेशनका निर्वाचित प्रतिनिधिहरूलाई विस्थापित गरेको भन्दै भेलाले असन्तुष्टि जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा निवर्तमान सभापति शेरबहादुर देउवामाथि विगतमा लगाइएका आरोप–प्रत्यारोपबारे समीक्षाको माग गरिएको छ ।

देउवालाई ‘साहसी नेतृत्व’ र ‘अथक योद्धा’ भएको समीक्षा गर्दै भेलाले उपचाररत देउवाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । सरकार अपारदर्शी भएको, संसद्प्रति उत्तरदायी नरहेको र अध्यादेश मार्फत शासन चलाउन खोजेको आरोप लगाउदै सुदूरपश्चिम कांग्रेसले सरकारको आलोचना गरेको छ । धान रोपाइँको सिजनमा मलको अभाव हुनु र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण नागरिक प्रताडित भएको विषयमा विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । गुरुयोजना बिना सुकुमबासी हटाउने सरकारको कार्य अमानवीय रहेको ठहर गरिएको छ ।

भेलाले क्रियाशील सदस्यता अद्यावधिकका नाममा लिइने शुल्क र प्रक्रियामा अल्झिनु भन्दा सङ्गठन सुदृढीकरणमा लाग्न नेतृत्वलाई सुझाव दिएको छ । साथै, विधानलाई आमूल परिवर्तन गर्ने प्रयास प्रति असहमति जनाउँदै विधान संशोधन न्यायसम्मत र वैधानिक प्रक्रिया अनुसार हुनुपर्नेमा जोड दिईएको छ । कांग्रेसले सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको जनधारणा बढिरहेको उल्लेख गर्दै जनताका समस्या बेरोजगारी, भ्रष्टाचार र आर्थिक सङ्कटमा स्पष्ट दृष्टिकोणका साथ अगाडी बढ्न केन्द्रीय नेतृत्वलाई आग्रह गरिएकोे छ ।

भेलाले बाजुरा जिल्लाको रानीसैन क्षेत्रलाई सामरिक र पर्यटकीय महत्वको क्षेत्रका रूपमा विकास गर्न र त्यहाँ राज्यको उपस्थिति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । सुदूरपश्चिमका ९ वटै जिल्लाका नेता–कार्यकर्ता सहभागी भेलाले पार्टीलाई एकताबद्ध र जनआधारित बनाउन नेतृत्वमा लचकता, सहनशीलता र त्याग हुनुपर्ने निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । भेलामा पूर्व केन्द्रीय सदस्य एनपी साउँद,पूर्व केन्द्रीय सदस्य रमेश लेखक,कांग्रेस सुदूरपश्चिम सभापति वीर बहादुर बलायरले एकता अपरिहार्य भएको बताएका थिए ।

निवर्तमान सभापति देउवामाथि विगतमा लगाइएका आरोप–प्रत्यारोपले पार्टी संगठनमा प्रभाव परेकाले गम्भीर समीक्षा आवश्यक रहेको बताएका थिए । घोषणा पत्रमा पार्टी एकता, आन्तरिक समन्वय र १५ औँ महाधिवेशन, निर्वाचन परिणाम र नेतृत्व प्रतिको जनधारणा, पार्टीको इतिहास, योगदान र वर्तमान अवस्थाबारे समीक्षा, संविधान, लोकतन्त्र, सुशासन र वर्तमान सरकार सम्बन्धी विषय, क्रियाशील सदस्यता अद्यावधिक र संगठन सुदृढिकरण बुँदा समेटिएका छन ।

 

भर्खरै

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ
जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने
खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ
कञ्चनपुरको बेलौरीमा मापदण्ड विपरीत सञ्चालित क्लिनिक शिल
सुदूरपश्चिम प्रदेश सभामा २ वटा विधेयक टेबल
केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष
अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई वटा नगरपालिकामा एक साता विद्यालय बन्द
बाजुराको लाम्पाटामा भएको कुटपिट तथा लुटपाट प्रकरणमा २३ जना विरुद्ध उजुरी दर्ता
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जना बालिकाको मृत्यु
डडेल्धुरामा रुखबाट लडेर शिक्षकको मृत्यु

धेरै कमेन्ट गरिएको

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

541f2167-6ff2-4c97-9eec-db4b0dcb26af

जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने

pakrau-1

खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरको बेलौरीमा मापदण्ड विपरीत सञ्चालित क्लिनिक शिल

d1799e91-6eb2-4736-b45f-bfca8bae98f6

सुदूरपश्चिम प्रदेश सभामा २ वटा विधेयक टेबल

bhela-1

केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष

e480c104-2d73-47ea-909a-4f45ce800ea6

अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई वटा नगरपालिकामा एक साता विद्यालय बन्द

lampata-ghatana

बाजुराको लाम्पाटामा भएको कुटपिट तथा लुटपाट प्रकरणमा २३ जना विरुद्ध उजुरी दर्ता