जेठ ११ धनगढी । अत्यधिक गर्मीका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिका भित्र सञ्चालित सामुदायिक तथा निजी विद्यालयहरू एक साताका लागी बन्द हुने भएका छन् । विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै दई वटै नगरपालिकाका विद्यालयहरू एक साताका लागी बन्द हुने भएका हुन ।
भीमदत्त नगरपालीका र कृष्णपुर नगरपालिकाले आइतबार सूचना जारी गर्दै अत्याधिक गर्मीका कारण नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरू जेठ १३ गतेसम्मका लागी बन्द हुने जानकारी गराएका हुन । त्यसैगरी जेठ १४ गते बिहीबार बकरी इद तथा जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा पनि रहने सूचनामा उल्ल्ेख गरिएको छ ।
त्यसपछि १६ र १७ गते शनिबार र आइतबार परेकाले लगातार सार्वजनिक बिदा रहेको छ । विभिन्न बिदा जोडिँदा दुवै नगरपालिकाका विद्यालयहरूमा एक साताको बिदा हुने भएको छ । कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले गर्मी बिदाबाट कट्टी हुने गरी तीन दिन स्थानीय बिदा दिइएको जानकारी गराएका छन ।


