"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने

No data was found

Khabar Raftar

जेठ ११ धनगढी । यही जेठ १९ गते देखि धनगढी उपमहानगरपालीका वडा नम्बर–१६ भादामा दोस्रो सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे मेला महोत्सव २०८३ लाग्ने भएको छ । सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृति, परम्परा, खानपान र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित “प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको अभियान” भन्ने मूल नारा सहित जेठ १९ गते देखि दोस्रो सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे मेला महोत्सव २०८३ लाग्ने भएको हो ।

सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी आयोजकले जेठ १९ गते देखि थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा दोस्रो सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे मेला सुरु हुने जानकारी गराएको हो । तीन दिनसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको जानकारी गराउदै आयोजकले महोत्सव जेठ २१ गतेसम्म सञ्चालन हुने जानकारी गराएको    छ । महोत्सव दीपेन्द्र चारपाते माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिने बताईएको छ ।

भादा होमस्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरीले कार्यक्रमलाई सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रवद्र्धन गरेको जानकारी गराउदै होमस्टे (घरबास) महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले समन्वय तथा सहकार्य गरिरहेको जानकारी गराएका छन । महोत्सवले सुदूरपश्चिमका हिमाल, पहाड र तराईका विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति, रहनसहन, भेषभूषा र खानपानलाई एउटै थलोमा प्रस्तुत गर्ने उनले बताए ।

पछिल्लो समय लोप हुँदै गइरहेका परम्परा र संस्कृतिको संरक्षणसँगै होमस्टे पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको उनले बताए । महोत्सवमा प्रत्येक दिन विभिन्न समुदायका सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिने बताउदै उनले स्थानीय देखि राष्ट्रिय कलाकार सम्मको सांगीतिक प्रस्तुति रहने जानकारी गराए ।

सुदूरपश्चिमका परम्परागत परिकारहरूको स्वाद लिन पाइने जानकारी गराउदै उनले थारु हस्तकलाको प्रत्यक्ष अवलोकन, काठे पिङ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल सफारी लगायतका गतिविधिले महोत्सवलाई थप आकर्षक बनाउने बताए । त्यसैगरी स्लो साइकल रेस, धैंटोफोर, भलाद्मी दौड तथा पेनाल्टी सुटआउट जस्ता खेलकुद गतिविधि पनि महोत्सवका मुख्य आकर्षण भएको उनले बताए ।

महोत्सवमा करिब एक लाख २५ हजार दर्शक तथा पर्यटक सहभागी हुने अपेक्षा गरिएको उनले बताए । होमस्टे पर्यटनले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार, स्थानीय उत्पादनको बजारीकरण तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पु¥याइरहेको उनले बताए । होमस्टेले महिलाको आर्थिक सशक्तीकरण, स्थानीय भाषाको संरक्षण तथा ग्रामीण जीवनशैली अनुभव गर्ने अवसर समेत प्रदान गरिरहेको उनले बताए ।

हाल सुदूरपश्चिम प्रदेशमा ३६ वटा होमस्टे सञ्चालनमा रहेका छन । कैलालीमा सबैभन्दा बढी १५ वटा होमस्टे सञ्चालनमा रहेका छन् भने कञ्चनपुरमा ५, अछाम र दार्चुलामा ४÷४, डडेल्धुरा, डोटी, बझाङ र बैतडीमा २÷२ वटा होमस्टे सञ्चालनमा रहेका  छन् । “नेपालको वास्तविक सौन्दर्य महसुस गर्न होमस्टे रोजौँ” भन्ने सन्देश सहित आयोजना हुन लागेको महोत्सवले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

भर्खरै

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ
जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने
खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ
कञ्चनपुरको बेलौरीमा मापदण्ड विपरीत सञ्चालित क्लिनिक शिल
सुदूरपश्चिम प्रदेश सभामा २ वटा विधेयक टेबल
केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष
अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई वटा नगरपालिकामा एक साता विद्यालय बन्द
बाजुराको लाम्पाटामा भएको कुटपिट तथा लुटपाट प्रकरणमा २३ जना विरुद्ध उजुरी दर्ता
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जना बालिकाको मृत्यु
डडेल्धुरामा रुखबाट लडेर शिक्षकको मृत्यु

धेरै कमेन्ट गरिएको

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

541f2167-6ff2-4c97-9eec-db4b0dcb26af

जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने

pakrau-1

खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरको बेलौरीमा मापदण्ड विपरीत सञ्चालित क्लिनिक शिल

d1799e91-6eb2-4736-b45f-bfca8bae98f6

सुदूरपश्चिम प्रदेश सभामा २ वटा विधेयक टेबल

bhela-1

केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष

e480c104-2d73-47ea-909a-4f45ce800ea6

अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई वटा नगरपालिकामा एक साता विद्यालय बन्द

lampata-ghatana

बाजुराको लाम्पाटामा भएको कुटपिट तथा लुटपाट प्रकरणमा २३ जना विरुद्ध उजुरी दर्ता