जेठ ११ धनगढी । कैलालीको कैलारी गाउँपालिकाबाट खैरो हेरोईन सहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । कैलारी गाउँपालिका वडा नम्बर–५ सडकपुरबाट ४ ग्राम लागूऔषध खैरो हेरोईन सहित भारतको लखिमपुरी जिल्ला तेकुनिया बस्ने २८ वर्षीय विकाश कुमार र ३४ वर्षीय मन्जोत सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले यु.पी.३१ सि.एफ. ५८८७ नम्बरको भारतिय मोटरसाइकलमा सवार दुबै जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
Post Views: 5


