"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बेलौरीमा अतिक्रमित संरचना हटाइने

No data was found

Khabar Raftar

जेठ ०७ कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत भौतिक संरचनाहरू हटाउने भएको छ । नगरपालिकाले वडा नम्बर ६, रिच्छाहास्थित भुइँया मन्दिरको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गामा प्रचलित कानुन विपरीत व्यक्तिगत प्रयोजनका लागि बनाइएका भौतिक संरचनाहरू हटाउने भएका हो । नगरपालिकाले अनधिकृत संरचना हटाउनका लागि सात दिने समयसीमा दिईएको छ ।

नगरपालिकाका अनुसार रिच्छाहा (साविक श्रीपुर गाविस–३) स्थित सिट नं. ०२६०८७१, कित्ता नं. २४१ को सरकारी तथा सार्वजनिक लगतमा रहेको मन्दिरको जग्गा स्थानीयले जबरजस्ती भोगचलन गर्दै भौतिक संरचना निर्माण गरिरहेको उजुरी परेपछि नगरपालिकाले कानुनी प्रक्रिया अघि बढाएको थियो । नगरपालिकाको न्यायिक समितिले २०८२ पुस १६ गते नै स्थलगत अनुगमन तथा प्राविधिक नापजाँच र रेखाङ्कन गरी मन्दिरको जग्गा अतिक्रमण भएको पुष्टि गरेको थियो ।

त्यसैगरी, २०८२ चैत २३ गते बसेको नगर कार्यपालिकाको बैठकले समेत अतिक्रमित जग्गा खाली गराउन आवश्यक कानुनी प्रक्रिया अगाडी बढाउने निर्णय गरेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीद्वारा जारी सूचनामा अतिक्रमणकारी पक्षसँग पटक–पटक मौखिक भेटवार्ता र परामर्श गर्दा समेत संरचना हटाउन आलटाल गरिएको र मन्दिर व्यवस्थापन समितिले घेराबार गर्न लागेको काममा समेत बाधा व्यवधान खडा गरी क्षति पु¥याएको पाइएकाले यो कदम चालिएको उल्लेख गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) ले सार्वजनिक र धार्मिक क्षेत्रको जग्गा संरक्षण गर्ने स्पष्ट अधिकार तथा दायित्व स्थानीय तहलाई सुम्पिएको स्मरण गराउँदै नगरपालिकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र निर्माणाधीन भौतिक संरचनाहरू आफ्नै खर्चमा हटाइ जग्गा खाली गर्न निर्देशन दिएको छ ।

तोकिएको म्यादभित्र संरचना नहटाइएमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र स्थानीय सुरक्षा निकायको सहयोगमा नगरपालिका आफैँले ती संरचनाहरू भत्काउने चेतावनी दिएको छ । त्यसैगरी संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च र भएको क्षति समेत सम्बन्धित व्यक्तिबाटै सरकारी बाँकी सरह असुलउपर गरिने ब्यहोरा सूचनामा उल्लेख गरिएको छ ।

भर्खरै

कञ्चनपुरमा स्तनपान घटदै जाँदा, शिशुको स्वास्थ्यमा चुनौती बढ्दै
बेलौरीमा अतिक्रमित संरचना हटाइने
बाजुराबाट एक जना गर्भवतीको उद्दार
कैलालीको भजनीका किसानहरूले चैते धान खेती खेतीलाई प्राथमिकता दिदै
खैरो हेरोइन सहित ८ जना पक्राउ
सुदूरपश्चिम प्रदेश सरकारले आयोजना बैंक कार्यान्वयनमा ल्याउने
गेटा विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त माग
राष्ट्रियता प्रति चिन्तीत नया“ र पुराना एक हौ
कैलालीमा चालु आर्थिक वर्षमा ४ सय ३९ वटा व्यावसायिक फर्मको अनुगमन
सुदूरपश्चिम प्रदेशमा एक महिनामा ५८ जनाद्वारा आत्महत्या

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

stanpan-1722394897

कञ्चनपुरमा स्तनपान घटदै जाँदा, शिशुको स्वास्थ्यमा चुनौती बढ्दै

images

बेलौरीमा अतिक्रमित संरचना हटाइने

helicoptor2023-09-26-04-04-08

बाजुराबाट एक जना गर्भवतीको उद्दार

ea5298ff-227f-4054-a7a1-a4175570e045

कैलालीको भजनीका किसानहरूले चैते धान खेती खेतीलाई प्राथमिकता दिदै

pakrau-1

खैरो हेरोइन सहित ८ जना पक्राउ

sudurpaschim-pradesh_0

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना बैंक कार्यान्वयनमा ल्याउने

geta-university

गेटा विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त माग

cropped-cropped-khabar-raftar-2.png

राष्ट्रियता प्रति चिन्तीत नया“ र पुराना एक हौ