"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा चालु आर्थिक वर्षमा ४ सय ३९ वटा व्यावसायिक फर्मको अनुगमन

No data was found

Khabar Raftar

जेठ ०६ धागढी । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, धनगढीले दश महिनाको अबधीमा ४ सय ३९ वटा व्यावसायिक फर्मको अनुगमन गरेको छ । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले एक महिनाको अबधीमा कैलालीका विभिन्न विधाका ४ सय ३९ वटा व्यावसायिक फर्महरूको अनुगमन गरेको हो । आर्थिक वर्षको वैशाख महिना सम्मको प्रगति प्रतिवेदन अनुसार कार्यालयले बजार अनुगमन र नियमन कार्यलाई निरन्तरता दिदै आएको छ । अनुगमनका क्रममा उपभोक्ता हित विपरीत सञ्चालन भएका फर्महरूलाई कारबाही गरिएको छ भने म्याद नाघेका र खान अयोग्य सामग्रीहरू तत्काल नष्ट गरिएको छ ।

निमित्त कार्यालय प्रमुख तारामान रावलले वैशाख महिनामा सबैभन्दा बढी खाद्य तथा किराना पसलमा अनुगमन गरिएको बताए । अनुगमन गरिएका ३५ वटा खाद्य तथा किराना पसल र ३ वटा डेरी तथा मिठाई पसलमा सामान्य कैफियत देखिएकाले उनीहरूलाई तत्कालै सुधार गर्न निर्देशन दिइएको उनले बताए । अनुगमनका क्रममा बजारमा बिक्रीका लागि राखिएका ६५ हजार ५ सय ६९ मूल्य बराबरको खान अयोग्य तथा म्याद सकिएका सामग्रीहरू नियन्त्रणमा लिई तत्काल नष्ट गरिएको उनले जानकारी गराए । त्यसैगरी नियम विपरीत कारोबार गर्ने जुत्ता पसल र अन्य विधाका २ वटा फर्मलाई ३५ हजार जरिवाना गरिएको उनले जानकारी गराए ।

कार्यालयले चालु आर्थिक वर्षको वैशाख मसान्त सम्ममा कुल ५ सय ६ वटा फर्ममा अनुगमन गरिसकेको उनले बताए । जसमध्ये अधिकांश फर्महरूलाई उपभोक्ता अधिकार प्रति जिम्मेवार बन्न सचेत गराइएको उनले बताए । त्यसैगरी बजार अनुगमनका साथै फर्म दर्ता, नवीकरण र संशोधनको कामबाट बैशाखमा मात्रै १ लाख ३४ हजार ५ सय राजस्व संकलन भएको छ । वैशाख महिनामा ५ वटा नयाँ प्राइभेट फर्म र २ वटा कम्पनी दर्ता भएका छन् भने १० वटा फर्मको नवीकरण र १२ वटा फर्मको संशोधन गरिएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत महिना सम्मको कुल राजस्व र यस महिनाको जरिवाना तथा दस्तुर समेत गरी कुल ११ लाख ८९ हजार ६ सय ७५ रुपैया राजस्व संकलन भएको छ । वाणिज्य कार्यालयले आगामी दिनमा पनि बजारमा हुनसक्ने कालोबजारी, मूल्यवृद्धि र म्याद नाघेका सामानको बिक्री वितरण रोक्न अनुगमन कार्यलाई अझ प्रभावकारी बनाउदै निरन्तर रूपमा अगाडी बढाउने प्रतिबद्धता जनाएको छ ।

भर्खरै

कञ्चनपुरमा स्तनपान घटदै जाँदा, शिशुको स्वास्थ्यमा चुनौती बढ्दै
बेलौरीमा अतिक्रमित संरचना हटाइने
बाजुराबाट एक जना गर्भवतीको उद्दार
कैलालीको भजनीका किसानहरूले चैते धान खेती खेतीलाई प्राथमिकता दिदै
खैरो हेरोइन सहित ८ जना पक्राउ
सुदूरपश्चिम प्रदेश सरकारले आयोजना बैंक कार्यान्वयनमा ल्याउने
गेटा विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त माग
राष्ट्रियता प्रति चिन्तीत नया“ र पुराना एक हौ
कैलालीमा चालु आर्थिक वर्षमा ४ सय ३९ वटा व्यावसायिक फर्मको अनुगमन
सुदूरपश्चिम प्रदेशमा एक महिनामा ५८ जनाद्वारा आत्महत्या

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

stanpan-1722394897

कञ्चनपुरमा स्तनपान घटदै जाँदा, शिशुको स्वास्थ्यमा चुनौती बढ्दै

images

बेलौरीमा अतिक्रमित संरचना हटाइने

helicoptor2023-09-26-04-04-08

बाजुराबाट एक जना गर्भवतीको उद्दार

ea5298ff-227f-4054-a7a1-a4175570e045

कैलालीको भजनीका किसानहरूले चैते धान खेती खेतीलाई प्राथमिकता दिदै

pakrau-1

खैरो हेरोइन सहित ८ जना पक्राउ

sudurpaschim-pradesh_0

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना बैंक कार्यान्वयनमा ल्याउने

geta-university

गेटा विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त माग

cropped-cropped-khabar-raftar-2.png

राष्ट्रियता प्रति चिन्तीत नया“ र पुराना एक हौ