"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौं स्थानमा उक्लियो

No data was found

Khabar Raftar

जेठ ०४ काठमाण्डौ । विश्वकप लिग–२ अन्तर्गत जारी एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । जितसँगै नेपालले अंक तालिकामा दुई स्थान सुधार गर्दै अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । स्कटल्यान्डले दिएको १ सय ९४ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले ७४ रनको अर्धशतकीय अविजित इनिङ्स खेले । उनको यो एकदिवसीय अन्तर्राष्ट्रियमा १२ औँ अर्धशतक समेत हो । त्यस्तै, इशान पाण्डेले ५५ रनको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतकीय इनिङ्स खेल्दा ओपनर कुशल भुर्तेलले २८ रन तथा आसिफ शेखले २९ रन बनाए । यी दुईबीच पहिलो विकेटका लागि ५८ रनको साझेदारी भयो । अर्कोतर्फ रोहित र इशानले तेस्रो विकेटका लागि १ सय ४ रनको शतकीय साझेदारी गर्दै नेपाललाई जिततर्फ अगाडि बढाएका थिए ।

त्यसअघि स्कटल्यान्ड समक्ष कसिलो बलिङ गरेको नेपालले पाहुना टोलीलाई ३९.१ ओभरमा १ सय ९४ रनमा अलआउट गराएको थियो । पुरै ओभर खेल्न नपाएका स्कटिस ब्याटरविरुद्ध नेपाली बलरहरूले कसिलो बलिङ गर्दै तुलनात्मक रुपमा कमजोर योगफलमा समेट्न सफल भए । यसअघि पहिलो खेल वर्षाले प्रभावित बनाउँदा नेपाल सक्टल्यान्डसँग डिएल म्याथोडमा २ रनले पराजित भएको थियो ।

सोमबार नेपाल बलरसामु स्कटल्यान्डका ब्याटर संघर्षमा परे । स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले ७३ रन बनाउनु सर्वाधिक रह्यो । उनले ४४ बलमा समान ६ चौकार छक्का प्रहार गरेका थिए । उनीबाहेक माइल इंग्लिस ७२ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनी नेपाली बलरको अन्तिम सिकार बने ।

टिमका लागि थप दोहोरो स्कोरका रुपमा मार्क वाटले २० रन बनाए । त्यस्तै, ओपनर जर्ज मुन्सेले २१ रन बनाउनु बाहेक अन्यको प्रदर्शन गतिलो रहेन । नेपालका लागि ललित राजवंशीले ४ विकेट लिँदा सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान १–१ विकेट हात पारे ।

जारी सिरिजमा स्कटल्यान्ड अपराजित रहँदै सुरुवाती दुवै खेलमा जित निकालेको थियो । उसको यो जारी सिरिजमा पहिलो हार हो । नेपालले भने पहिलो खेलमा स्कटल्यान्डसँग हार भोग्दा दोस्रो खेलमा अमेरिकालाई फराकिलो अन्तरले पराजित गरेको थियो । यो नेपालको लगातार दोस्रो जित हो । जारी विश्वकप लिग २ मा स्कटल्यान्ड शीर्ष स्थानमा रहँदा अमेरिका दोस्रोमा रहेको छ । नेपाल यो जितपछि अंकतालिकामा २७ खेलबाट २२ अंक बनाएर पाँचौं स्थानमा उक्लिएको छ ।

भर्खरै

कञ्चनपुरमा स्तनपान घटदै जाँदा, शिशुको स्वास्थ्यमा चुनौती बढ्दै
बेलौरीमा अतिक्रमित संरचना हटाइने
बाजुराबाट एक जना गर्भवतीको उद्दार
कैलालीको भजनीका किसानहरूले चैते धान खेती खेतीलाई प्राथमिकता दिदै
खैरो हेरोइन सहित ८ जना पक्राउ
सुदूरपश्चिम प्रदेश सरकारले आयोजना बैंक कार्यान्वयनमा ल्याउने
गेटा विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त माग
राष्ट्रियता प्रति चिन्तीत नया“ र पुराना एक हौ
कैलालीमा चालु आर्थिक वर्षमा ४ सय ३९ वटा व्यावसायिक फर्मको अनुगमन
सुदूरपश्चिम प्रदेशमा एक महिनामा ५८ जनाद्वारा आत्महत्या

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

stanpan-1722394897

कञ्चनपुरमा स्तनपान घटदै जाँदा, शिशुको स्वास्थ्यमा चुनौती बढ्दै

images

बेलौरीमा अतिक्रमित संरचना हटाइने

helicoptor2023-09-26-04-04-08

बाजुराबाट एक जना गर्भवतीको उद्दार

ea5298ff-227f-4054-a7a1-a4175570e045

कैलालीको भजनीका किसानहरूले चैते धान खेती खेतीलाई प्राथमिकता दिदै

pakrau-1

खैरो हेरोइन सहित ८ जना पक्राउ

sudurpaschim-pradesh_0

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना बैंक कार्यान्वयनमा ल्याउने

geta-university

गेटा विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त माग

cropped-cropped-khabar-raftar-2.png

राष्ट्रियता प्रति चिन्तीत नया“ र पुराना एक हौ