बैशाख ०९ कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–५ भानुबस्तीमा १८ वर्षीय उज्जल सायरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनादाई पक्राउ गरेको छ । पुनर्वास नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टंक थापालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले दाइ नाता पर्ने नरेश खातीको विवाह समारोहमा सहभागी भएका बेला सायरलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको बताइएको छ । घाइते सायरलाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी ल्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
Post Views: 2


