बैशाख ०३ धनगढी । कैलालीको अत्तरियामा रहेको प्रतिभा पुस्तकालयमा आधारभूत पुस्तकालय तालिम सञ्चालन गरिने भएको छ । यही वैशाख ५ गतेदेखि प्रतिभा पुस्तकालयको आयोजनामा तालिम सञ्चालन गरिने भएको हो ।
नेपाल पुस्तकालय संघको संयोजनमा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालय र केसर पुस्तकालयको सहकार्य तथा गोदावरी नगरपालिकाको सहयोगमा तालिम सञ्चालन हुन लागेको प्रतिभा पुस्तकालयका अध्यक्ष भूपेश जोशीले जानकारी गराए ।
वैशाख ५ गतेदेखि ९ गतेसम्म ५ दिन तालिम सञ्चालन हुने उनले बताए । पुस्तकालयमा कार्यरत जनशक्तिको पुस्तकालय सम्बन्धि क्षमता बिकास गर्ने उद्देश्यले तालीमको आयोजना गर्न लागिएको उनले बताए । तालिमलाई व्यवस्थीत र भव्य बनाउनका लागि विभिन्न तीन वटा उपसमितिहरु गठन गरिएको उनले बताए ।
अतिथी स्वागत एवम् सम्मानमा नरेन्द्र राज शर्मा, भोजन तथा आवासमा धर्म सिं कुँवर र कार्यक्रम व्यवस्थापनमा हेमन्त राज जोशी (बाजे) लाई जिम्मेवारी दिईएको उनले बताए । तालिममा सुदूरपश्चिम प्रदेशका बिभिन्न पुस्तकालयका ग्रन्थपाल र क्याम्पस पुस्तकालयमा कार्यरत कर्मचारी गरि ४० जनाको सहभागीता रहने पुस्तकालयका सहसचिव हेमन्त राज जोशी (बाजे) ले जानकारी गराए ।
तालिमको सहजीकरण केशर पुस्तकालय काठमाडौका प्रमुख यादव निरौला र नेपाल पुस्तकालय संघका महासचिव राजेन्द्र पाण्डेले गर्ने उनले बताए । कार्यक्रममा प्रतिभा सामुदायिक पुस्तकालयद्वारा बार्र्षीक रूपमा प्रकाशन गर्दै आईरहेको प्रतिभा स्मारिका अंक –६ बिमोचन गरिने उनले जानकारी गराए ।


