"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कान्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

No data was found

Khabar Raftar

बैशाख ०२ धनगढी । कैलालीको भजनी नगरपालिका वडा नम्बर ४ झलझलिया स्थित कान्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बनेको छ । बर्षेनी नदीको कटान र डुवानले स्थानीय विस्थापीत हुँदै आएको उक्त क्षेत्रमा गतवर्ष स्थानीयको श्रमदानले निर्माण गरिएको जैविक तटबन्ध प्रभावकारी बनेको हो । तटबन्ध प्रभावकारी बनेपछि यसवर्ष त्यसलाई स्थानीय सरकार तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा निरन्तरता दिइएको छ ।

नगरपालिका, सहकर्मी समाज र स्थानीयको जनश्रमदान मार्फत गरेको जैविक तटबन्धको काम भैरहेको छ । प्रत्येक घरबाट एक सय रुपैयाँ सङ्कलन गर्दै त्यही रकमले केही कट्टा खरिद गरी जनश्रमदानबाट गत वर्ष तटबन्ध सुरु गरिएको थियो । त्यसबेलाको तटबन्धले बस्ती पस्ने खतरा रहेको कान्द्रा नदी वस्ती पस्न रोकिएको स्थानीय अमरराज न्यौपानेले बताएका छन् ।

गत वर्ष तटबन्ध प्रभावकारी भएपछि यस वर्ष नगरपालिका लगायत अन्य सहयोगीको समन्वयमा काम भइरहेको बताउदै उनले विस्थापित हुनुपर्ने अबश्थाको अन्त्य भएको बताए । बर्षेनी कान्द्रा नदीले खेतीयोग्य जमिन कटान गर्नुका साथै बस्ती डुबानमा पर्ने समस्या झेल्दै आएको बताउदै उनले नदीबाट बर्षेनी चार सय ३५ घरधुरी प्रभावित हुने गरेको बताए । झलझलियामा बर्षेनी कनन्द्रा नदीको कटानले सयौँ बिघा खेतीयोग्य जमिन बगर बन्दै गएको उनले बताए ।

कैयौँ परिवार खेतीयोग्य जमिन बगर बनेपछि सुकुम्बासी बनेको बताउदै उनले त्यसैलाई मध्यनजर गर्दै गएको भदौमा स्थानीय नागरिकहरूको जनश्रमदानमा सयौँ मिटर जैविक तटबन्ध गरिएको बताए । त्यसैगरी स्थानीय लक्ष्मीप्रसाद जैशीले सरकारलाई तटबन्ध निर्माणका लागि हारगुहार गर्दागर्दै थाकिसकेको बताए । सबैले कुरा सुन्ने गरे पनि कार्यान्वयन कतैबाट नहुँदा नागरिकहरूलाई सुरक्षित राख्न जैविक तटबन्ध गरिएको उनले बताए ।

तटबन्ध प्रभावकारी पनि देखिएको बताउदै उनले नदीले गर्ने कटान रोकिएको बताए । यस वर्ष नगरपालिका र सहमति नेपालको साझेदारीमा एक सय ७५ मिटर थप तटबन्ध निर्माणको काम सम्पन्न भइसकेको उनले बताए । हालसम्म पाँच सय मिटर भन्दा बढी क्षेत्रमा जैविक तटबन्ध निर्माण गरिएको नगरपालिकाका प्रमुख केवल चौधरीले बताए । नगरपालिकाले सात सय ५० मिटर जैविक तटबन्धको काम गर्नेगरी सर्भे गरेको उनले बताए ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ, नेपाल रेडक्रस सोसाइटी, स्थानीयको जनश्रमदानबाट उक्त तटबन्धको काम हुन लागेको नगरपालिकाकी वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी गराईन । नगरपालिका सहितका सङ्घसंस्थाहरूको झन्डै २५ लाख लागतमा जैविक तटबन्धको काम हुन लागेको बताउदै उनले अहिले सम्मकै सबैभन्दा धेरै जैविक तटबन्ध निर्माण हुन लागेको बताईन ।

यसभन्दा पहिले झन्डै ६५ लाख भन्दा बढीको लगानीमा जैविक तटबन्ध भइसकेको बताउदै उनले जैविक तटबन्ध भएपछि नदीको कटान रोकिँदा त्यहाँ व्यावसायिक बगरखेतीलाई प्राथमिकता दिइएको बताईन । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्लाका निवर्तमान सभापति बासुदेव बिनाडीले नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले बाढीका कारण प्रभावित भए

का परिवारलाई आय आर्जनमा जोड्नका लागि प्रयोगविहीन बगरमा सामुदायिक कृषि वन कार्यक्रम सञ्चालन गरिएको जानकारी गराए । वन कार्यक्रममा फलफूललाई प्राथमिकता दिइएको बताउदै उनले यसले किसान उत्पादनमा पनि जोडिने र आउने दिनमा नदी कटान रोकिने विश्वास गरिएको बताए ।

बाढी प्रभावितलाई लक्षित गर्दै जीविकोपार्जन सहितको कार्यक्रम सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिक खुसी भएका छन् । झलझलियाका फागुराम डगौराले यस वर्ष थोरै भए पनि तटबन्धका कारण बाढीको जोखिमबाट छुटकारा पाएको बताउदै स्थानीय बाँकी रहेको क्षेत्रमा पनि तटबन्ध हुने भएपछि अबका दिन पहिलेका जस्ता नहुने बताए । वर्षातको समयमा भजनीलाई बाढी र डुबानले बर्षेनी आक्रान्त बनाउँदै आएको बताउदै उनले कान्द्रा नदीले सबैभन्दा बढी दुःख दिने गरेको बताए ।

भर्खरै

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु
राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनपुरमा बालिविज्ञान पढ्ने विद्यार्थीको संख्या बढ्दै
टीकापुर पार्कमा एकै दिन १४ हजार भन्दा बढी पर्यटक
डोटीको विपि नगर र बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना
टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा काम गर्न थाले
खक्रौला गुल्ममा डीएसपीलाई आक्रमण गर्ने एक जना कारागार चलान
कैलालीमा, लागू औषध, आत्महत्या र दुर्घटनाको अवस्था भयावह
वैशाख चतुर्दशी र पूर्णिमाका दिन बडीकेदारमा भव्य पूजाआजा गरिने
सुदूरपश्चिम प्रदेश प्रहरी गणमा कार्यरत भान्सेको लडेर मृत्यु
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघद्वारा भाडा समायोजन गर्न सरकारसँग माग

धेरै कमेन्ट गरिएको

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

शौचालय बनाउन खनेको खाल्डोमा डुबेर दुई जना बालबालिकाको मृत्यु

krishi_1

राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनपुरमा बालिविज्ञान पढ्ने विद्यार्थीको संख्या बढ्दै

cropped-cropped-khabar-raftar-2.png

टीकापुर पार्कमा एकै दिन १४ हजार भन्दा बढी पर्यटक

cropped-cropped-khabar-raftar-2.png

डोटीको विपि नगर र बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना

e82ea1b7-8ee9-498c-b616-fa4f1f1cac54

टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा काम गर्न थाले

APF-BOP-Khakraula-Kailali-1024x590-1

खक्रौला गुल्ममा डीएसपीलाई आक्रमण गर्ने एक जना कारागार चलान

lagu

कैलालीमा, लागू औषध, आत्महत्या र दुर्घटनाको अवस्था भयावह

baddikedar

वैशाख चतुर्दशी र पूर्णिमाका दिन बडीकेदारमा भव्य पूजाआजा गरिने