"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको सिद्धकेदारनाथ आधारभूत विद्यालय प्रविधि, अनुशासन र व्यवस्थापनमा नमुनाका रूपमा स्थापित

No data was found

Khabar Raftar

चैत्र ०९ कञ्चापुर । कञ्चनपुरको बेलौरी नगरपालिका स्थित श्री सिद्धकेदारनाथ आधारभूत विद्यालयले प्रविधि, अनुशासन र व्यवस्थापन मार्फत आफूलाई नमुनाका रूपमा स्थापित गरेको छ ।

बेलौरी नगरपालिका वडा नम्बर–९ खजुवा वस्तीमा रहेको श्री सिद्धकेदारनाथ आधारभूत विद्यालयले प्रविधि, अनुशासन र व्यवस्थापन मार्फत आफूलाई नमुनाका रूपमा स्थापित गरेको हो । विद्यालय पालिकाभरी उत्कृष्ट मध्ये एक भएर चिनिन थालेको छ । विद्यालयमा सिसिटिभी क्यामेरा र अडियो प्रणाली जडान गरी अफिसबाटै कक्षाकोठाको प्रत्यक्ष निगरानी गर्ने व्यवस्था गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक परमानन्द जोशीले २०७५ सालमा आफुले जिम्मेवारी सम्हाल्दा विद्यालयमा ९१ जना विद्यार्थी रहेको बताउदै हाल उक्त संख्या बढेर १ सय ८२ पुगेको बताए । “पहिले सिसिटिभी मात्र भएको बताउदै उनले अहिले अडियो पनि जोडिएकाले कक्षाकोठाको गतिविधि सजिलै हेर्न र आवश्यक निर्देशन दिन सकिने भम्एको बताए ।

विद्यालयको अर्को विशेषता अनुशासित वातावरण भएको बताईएको छ । बिहान १० बज्नु भन्दा अगावै विद्यार्थीहरू कक्षामा उपस्थित हुनुकासाथै घण्टीसँगै पिटी सञ्चालन गरिने र ई–हाजिरी लिने व्यवस्था गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

पिटीपछि विद्यार्थीहरू पुनः व्यवस्थित रूपमा कक्षामा फकिने र शुक्रबार पनि नियमित पढाइ हुने गरेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयका अनुसार नर्सरी देखि कक्षा ३ सम्म अङ्ग्रेजी माध्यममा पढाइ भइरहेको छ भने कक्षा ५ सम्म अङ्ग्रेजी माध्यम विस्तार गर्ने तयारी गरिएको छ ।

निःशुल्क शिक्षाको व्यवस्था भए पनि निजी प्रकाशनका पुस्तक किन्नुपर्ने बाध्यताले अभिभावकलाई आर्थिक भार परेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा १२ जना शिक्षक कार्यरत भए पनि स्थायी दरबन्दीमा मात्र १ जना शिक्षक रहेका छन् । बाँकी शिक्षक राहत, अनुदान र निजी स्रोतबाट रहेका छन् ।

आर्थिक अभावका कारण केही शिक्षकको तलब समेत बाँकी रहेको बताईएको छ । विद्यालयको आम्दानी मुख्यतः आमबारी र माछा पोखरीबाट हुने गरेको भए पनि पर्याप्त नहुँदा दैनिक सञ्चालनमा कठिनाइ भइरहेको प्रधानाध्यापक जोशीले बताए ।

आगामी ५ वर्ष भित्र विद्यार्थी संख्या ५ सय पु¥याउने लक्ष्य लिएको बताउदै उनले यसका लागि भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र शैक्षिक सामग्रीमा थप सहयोग आवश्यक भएको बताए ।

बेलौरी नगरपालिकाका शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्टले विद्यालयका गतिविधि अन्य सामुदायिक विद्यालयका लागि प्रेरणादायी भएको बताए । पालिकाले पूर्वाधार र शैक्षिक सामग्रीमा सहयोग गर्दै आएको बताउदै उनले गत वर्ष मात्रै विद्यालयमा ४ कोठे भवन निर्माण गरिएको जानकारी गराए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो