नेपाली जनता सधै पबिर्तनको पक्षमा उभिदै आएका छन । जनताले शान्ति सुरक्षा र अमनचयन संगै भ्रष्टाचारको अन्त्य चाहेका छन । तर अहिले सम्मका सरकारले जनताका समस्याहरु समाधान गर्न नसकेकै कारण र सरकार सञ्चालक दल र तीनका नेताहरुका कारण जनताले अहिले मत परिबर्तन गरेका हुन । जनताको चाहानालाई सरकार सञ्चालकहरुले बुझन सकेका भए नेपाली जनताले पुराना दलहरुलाई साथ दिन्थे होला । उनीहरुले जनतालाई पटक पटक धोका दिदै आएका कारण जनताले पटक पटक मत परिबर्तनको पक्षमा दिदै आएका छन ।
नेपाली जनताले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जीताएका छन । जेन्जी आन्दोलन पश्चात २०७९ सालमा निर्वाचित संसद् विघटन भएका कारण २०८४ मा हुने निर्बाचन २०८२ मा सम्पन्न हु“दा जनताले परविर्तनका लागी रास्वपालाई जिताएका हुन । पुराना राजनीतिक दलहरुबाट आजित भएका जनताले नया स“ग आशा गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको भावना र चाहाना अनुसार काम गर्न सके जनताले फेरी पनि रास्वपालाई नै रोज्ने छन ।
पुराना दलहरु जस्तै रास्वपाले पनि जनताका चाहाना र भावनालाई बुझन नसके फेरी परिबर्तनको पक्षधरलाई खोज्दै मत बदल्नु पर्ने अबश्था आउन सक्छ । दुईतिहाइको बहुमतको सरकार गठन हुने गरी जनताले रास्वपालाई जनताको पक्षमा काम गर्ने अबसर प्रदान गरेका छन । २०१५ सालदेखि राजनीतिमा रहेका र २०४६ सालपछि सत्तामा रजाई गर्दै आएका दलहरु मात्रै नभई २०६२÷६३ पछि नयँ“ र परिवर्तित शक्तिका रूपमा उदाएको साविकको माओवादीलाई पनि जनताले सबक सिकाएका छन ।
कहिले कांग्रेसलाई दुईतिहाइ त कहिले कम्युनिस्टलाई दुईतिहाइ बहुमत दिएर संसदमा् पठाएका नेपाली जनताले अहिले पनि नया“लाई विश्वास गरेका छन । विगतको आमनिर्वाचन भन्दा ६ महिना भन्दा पनि कम समयमा स्थापित भएको रास्वपालाई छोटो समयमै जनतालदे विश्वास गरेका थिए ।
अहिले फेरी जनताले दुइ तिहाईको बहुमत दिएका छन । सुशासनका लागि, भ्रष्टाचार नियन्त्रणका लागि र समृद्धिका लागि जनताले जीताएका हुन भन्ने बुझेर जनताको विश्वासलाई अटल राख्न रास्वपाले परिबर्तनका सम्बाहक नेपाली जनताको पक्षमा काम गर्न जरुरी छ ।

