"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

No data was found

Khabar Raftar

फागुन ०३ बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–६ मा पर्ने धुलाचौर अहिले मुख्य बजार बन्दै गएको छ । पहिले चौरका रूपमा रहेको धुलाचौरमा पछिल्लो समय पालिकाले प्रशासकीय भवन निर्माण गरेसँगै धुलाचौर मुख्य बजार बन्दै गएको हो ।

हिमाली गाउँपालिका वडा नम्बर–६, बोल्डिकका रामबहादुर रावतले आफ्नो घर बोल्डिक भएको बताउदै केही वर्षयता घर पहिरोको जोखिममा परेका कारण अहिले धुलाचौर आएर व्यापार गर्न थालेको बताए । पहिले धुलाचौरमा केही नभएको बताउदै उनले खाली ढुङ्गा मात्र भएको बताए । केहीले ब्याक्तिहरुले दुई÷चार टिनका टहरा लगाए पछि अहिले पालिकाको भवन निर्माण भएसँगै धुलाचौर मुख्य बजारका रूपमा स्थापना भएको बताए ।

अहिले धुलाचौरमाँ ठुलो बजार र्भएको बताउदै उनले हुम्ला, जुम्ला, मुगु लगायतका व्यापारीहरु व्यापार गर्न आउँन थालेको बताए । हुम्ला, जुम्ला, मुगु जिल्लामा प्राय धुलाचौर बजार देखि दैनिक खाद्यान्न सामग्री जाने गरेकोउनले बताए । अहिले धुलाचौर मुख्य बजारका रूपमा चिनिने गरेको उनले बताए । अहिले कुनै पनि सेवा सुविधा लिन समेत निकै सहज भएको बताउदै रावतले स्थानीयको रोजाइमा धुलाचौर बजार पर्ने गरेको बताए ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले धुलाचौर अहिले हिमाली गाउँपालिकाको मुख्य बजारका रूपमा स्थापीत भएको बताए । छ वटै वडामा धुलाचौर देखि दैनिक खाद्यान्न सामग्री जाने गरेको बताउदै उनले त्यति मात्र नभई छिमेकी हुम्ला, जुम्ला र मुगु लगायतका जिल्लामा समेत धुलाचौरँदेखि खाद्यान्न सामग्री जाने गरेकोब ताए । पहिले पहिरोले उजाड बनेको धुलाचौर अहिले हजारौँ टिनका टहराले भरिभराउ भएको जानकारी गराउदै उनले लामबद्ध रूपमा रहेका टहराले अहिले धुलाचौरको महिमा बढाएको बताए ।

धुलाचौर क्षेत्र सरकारी जमिनमा पर्ने बताउदै उनले केही वर्ष पहिले देखि अधिकांश स्थानीय बाढी पहिरोको जोखिममा परेकाले उनीहरू अहिले त्यहाँ आएर बस्ने गरेको बताए । हिमाली गाउँपालिकाका सबै वडाका स्थानीयलाई धुलाचौरउपयुक्त भएकाले सबैको रोहबरमा पालिकाको प्रशासकीय भवन पनि निर्माण गरेको उनले बताए ।

स्थानीयको सुरक्षाका लागि अहिले अस्थायी प्रहरी चौकी समेत धुलाचौरमा स्थापना गरिएको उनले जानकारी गराए । स्थानीयलाई स्वास्थ्य सेवा दिन समेत सहज हुने गरेर प्राथमिक स्वास्थ्य चौकी पनि सञ्चालनमा रहेको उनले जानकारी गराए । धुलाचौरको सबै जमिन ऐलानी भएकाले त्यसलाई पालिकाको नाममा गर्न समस्या भएको बताउदै उनले त्यसका लागि अहिले सम्बन्धित ठाउँमा पहलकदमी गर्दै आएको अध्यक्ष मल्लले बताएका छन् ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना