"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक

No data was found

Khabar Raftar

फागुन ०३ धनगढी । नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार जनकराज चौधरीले आफ्नो विस्तृत संकल्प पत्र सार्वजनिक गरेका छन् । फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै चौधरीले प्रतिबद्धता सार्वजनिक गरेका हुन् । चौधरीले सार्वजनिक गरेको संकल्प पत्रमा शिक्षा, कृषि, युवा तथा रोजगारी, पर्यटन, थारू समुदायको पहिचान, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण र सुशासन लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

“विकास सबैका लागि, अवसर सबैका लागि” भन्ने मूल मन्त्रका साथ समावेशी, आत्मनिर्भर र समृद्ध निर्वाचन क्षेत्र निर्माण गर्ने लक्ष्य उनले अघि सारेका छन् । “शिक्षा नै लोकतन्त्र र विकासको मूल आधार हो” भन्ने नारासहित चौधरीले सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार, दक्ष जनशक्ति विकास, डिजिटल कक्षा सञ्चालन तथा अंग्रेजी र सूचना प्रविधि शिक्षामा जोड दिने योजना प्रस्तुत गरेका छन् । क्षेत्रमा रहेका प्राविधिक शिक्षालयहरूको स्तरवृद्धि गर्न सिटिईभिटी अन्तर्गतका कार्यक्रम सुदृढ बनाइने उनले बताएका छन ।

त्यसैगरी कृषि विधालय, प्राकृतिक स्रोत व्यवस्थापन कलेज र टीकापुर पोलिटेक्निक इन्स्टिच्यूटसँग सहकार्य गरी प्राविधिक तथा व्यावसायिक शिक्षालाई रोजगारीसँग प्रत्यक्ष जोड्ने उनले योजना बनाएका छन । गरिब, थारू, दलित, महिला तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूका लागि ‘सांसद छात्रवृत्ति कोष’ स्थापना गरिने तथा स्पष्ट कार्यविधि बनाएर कार्यान्वयन गरिने उनले प्रतिबद्धता जनाएका छन ।

त्यसैगरी टीकापुर बहुमुखी क्याम्पस, वीरेन्द्र विद्या मन्दिर क्याम्पस र रघुनाथ बहुमुखी क्याम्पस को भौतिक पूर्वाधार, प्रयोगशाला र पुस्तकालय सुदृढीकरण गरिने उनले बताएका छन । प्रारम्भिक तहमा मातृभाषा (थारू भाषा) मा आधारित शिक्षा प्रवद्र्धन गर्ने योजना पनि संकल्प पत्रमा समेटिएको छ । “कृषि अर्थ व्यवस्थाको मेरुदण्ड हो” भन्ने अवधारणा सहित चौधरीले सिँचाइ विस्तार, कृषि यान्त्रिकीकरण र जलवायु अनुकूल खेती प्रणालीमा जोड दिएका छन् ।

विशेषगरी रानी जमरा कुलरिया सिँचाइ आयोजनाको विस्तार तथा प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिइने बताईएको छ । धान, गहुँ, मकै, तरकारी, माछापालन र पशुपालनमा व्यवसायिक कृषि प्रवद्र्धन, संकलन केन्द्र र शीतभण्डार स्थापना, कृषि प्रशोधन उद्योग विस्तार तथा किसानलाई सहुलियत ऋण र बिमा सुविधा सुनिश्चित गर्ने योजना अघि सारिएको छ । थारू समुदायको परम्परागत कृषि ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्ने, युवालाई कृषि उद्यमशीलता तर्फ आकर्षित गर्ने र कृषि स्टार्टअपका लागि ‘सिड मनी’ उपलब्ध गराउने नीति लिइने बताईएको छ ।

टीकापुरमा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कृषि शिक्षालयसँग सहकार्य गरी किसान–शिक्षक–विद्यार्थीबीच सहकार्यात्मक कार्यक्रम सञ्चालन गरिने चौधरीले बताएका छन् । साथै केरा, च्याउ, डेरी र मत्स्यपालन जस्ता उच्च मूल्यका कृषि उत्पादनमा वृद्धि गर्न नीति निर्माणमो पहल गरिने उनले बताएका छन । “विदेश होइन, गाउँमै अवसर” भन्ने नारा सहित चौधरीले युवा लक्षित कार्यक्रमहरू अघि सारेका छन् । सिप विकास तथा उद्यमशीलता केन्द्र स्थापना गर्ने, ‘पढौ र कमाउ’ कार्यक्रम सञ्चालन गरी बारिस्टा, डिजिटल मार्केटिङ, इभेन्ट म्यानेजमेन्ट, ग्राफिक डिजाइन, आतिथ्य सेवा लगायतका तालिम सञ्चालन गर्ने योजना उनले सार्वजनिक गरेका छन ।

युजिसी नेपालद्वारा टीकापुर बहुमुखी क्याम्पसमा स्थापना गरिएको इन्क्युबेशन सेन्टरसँग सहकार्य विस्तार गरिने उनले बताएका छन । वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि पुनःस्थापना कार्यक्रम, सार्वजनिक–निजी साझेदारी मार्फत रोजगारी सिर्जना, श्रमिकको सामाजिक सुरक्षा सुनिश्चितता तथा प्रत्येक वर्ष सय जना युवालाई कृषि तथा उद्यमशीलता क्षेत्रमा ‘सिड मनी’ प्रदान गर्ने योजना पनि समेटिएको छ । “अतिथि देव भवः” भन्ने नारासहित चौधरीले कैलाली क्षेत्र नम्बर १ लाई पर्यटन सर्किटका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । टीकापुर पार्क, घोडाघोडी ताल, बर्दिया राष्ट्रिय निकुञ्ज र चिसापानी क्षेत्र जोडेर पर्यटकीय मार्ग निर्माण गर्ने योजना बनाएका छन ।

थारू सांस्कृतिक पर्यटन, होमस्टे प्रवद्र्धन, सांस्कृतिक एकाडेमी स्थापना तथा धार्मिक धरोहरहरूको संरक्षणमा जोड दिने उनले बताएका छन । पदमप्रकाशेश्वर र कैलाशेश्वर जस्ता धार्मिक स्थलको विकास मार्फत धार्मिक पर्यटन प्रवद्र्धन गरिने योजना पनि उनले संकल्प पत्रमा समेटेका छन । संकल्प पत्रमा चर्च, मदरसा, मन्दिर र गुम्बाको संरक्षण तथा धार्मिक सहिष्णुतामा जोड दिइने उल्लेख गरिएको छ । “पहिचान र सम्मान सहितको विकास” भन्ने लक्ष्य सहित थारू भाषा, संस्कृति, कला र पर्वहरूको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

थारू सांस्कृतिक केन्द्र र सङ्ग्रहालय स्थापना, विकास प्रक्रियामा समान सहभागिता तथा सबै समुदायबीच सामाजिक सद्भाव सुदृढ गर्ने योजना प्रस्तुत गरिएको छ । “स्वास्थ्य नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै चौधरीले टीकापुर अस्पताललाई १ सय शय्यामा स्तरोन्नति गरी विशेषज्ञ सेवा विस्तार गर्ने घोषणा गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति, चिकित्सक र औषधि आपूर्ति सुनिश्चितता, मातृशिशु स्वास्थ्य सेवा सुदृढीकरण, विपन्न वर्गका लागि स्वास्थ्य बिमामा सहज पहुँच र महिला स्वास्थ्य स्वयंसेविकालाई थप प्रभावकारी बनाउने संकल्प पत्रमा उल्लेख गरिएको छ ।

सडक, सिँचाइ, ऊर्जा र सूचना प्रविधिमा विशेष जोड दिँदै चौधरीले टीकापुर–सनकट्टी, टीकापुर–जोशीपुर–भजनी तथा अन्य ग्रामीण सडकहरू कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका छन् । सेती लोकमार्ग निर्माणमा तीव्रता, कर्णाली करिडोर विस्तार, जल यातायात र जल पर्यटन प्रवद्र्धन, तथा दीर्घकालमा टीकापुर क्षेत्रमा सुख्खा बन्दरगाह (ड्राइ पोर्ट) निर्माणको पहल गरिने उनले बताएका छन ।

साथै रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाबाट उत्पादित विद्युतमा स्थानीयबासीको स्वामित्व सुनिश्चित गर्ने योजना पनि अघि सारिएको छ । वन, नदी र जैविक विविधता संरक्षण, बाढी तथा कटान नियन्त्रण, फोहोर व्यवस्थापन र स्वच्छ ऊर्जा प्रवद्र्धनमा जोड दिइने उल्लेख गरिएको छ । जलवायु परिवर्तनबाट प्रभावित किसानका लागि विशेष कार्यक्रम ल्याइने चौधरीले बताएका छन् ।

“राजनीति सेवा हो, व्यापार होइन” भन्ने उद्घोष सहित चौधरीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, नियमित जनसुनुवाइ, वार्षिक ‘सार्वजनिक सांसद’ कार्यक्रम, स्थानीय सरकारसँग प्रभावकारी समन्वय र तथ्यमा आधारित नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चौधरीले कैलाली क्षेत्र नंम्बर १ लाई शिक्षित, आत्मनिर्भर, समावेशी र समृद्ध क्षेत्रका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै सबै मतदातासँग समर्थनको अपिल गरेका छन् ।

आफुले सार्बजनीक गरेको संकल्प हुवहुँ कार्यान्वयन गर्ने उनले बताएका छन । विगतमा संविधान सभा सदस्य हुँदा संविधान निर्माणमा जोड दिएको चौधरीले बताएका छन । सार्वजनिक कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रणबहादुर रावल, क्षेत्रिय प्रतिनिधि, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो