"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चुनावी चहल पहल बढेसंगै आर्थिक गतिविधि बढ्यो

No data was found

Khabar Raftar

फागुन ०१ धनगढी । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको चहलपहल बढेसंगै स्थानीय स्तरमा आर्थिक गतिविधि पनि बढेको छ । चुनावका कारण चिया पसल देखि छपाइ–प्रिन्टिङ पसल, आयल स्टोर, होटल लगायतमा आर्थिक गतिविधि बढेको हो । चियाको पीउदै चुनावी छलफल देखि लिएर होटलमा खाजा, खाना खानेहरूको सङ्ख्या बढेको छ । त्यसैगरी, उम्मेदवार र दलका कार्यकर्ताहरू चुनावी प्रचार प्रसारमा जुटेपछि इन्धनको उपभोग पनि बढेको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर ओझाले आसन्न चुनावले व्यापार, व्यवसायमा सकारात्मक प्रभाव पारिरहेको बताए । उनले विभिन्न परिस्थिति, आन्दोलनका कारण शिथिल बनेको व्यापार, व्यवसाय चुनावको बेला गतिशील बनेको बताउदै यसले समग्र अर्थतन्त्र चलायमान बनेको बताए । अहिले व्यापार,व्यवसाय बढिरहेको बताउदै उनले कोरोना महामारीले देशकै अर्थतन्त्र तहसनहस भएको बताए ।

कोरोना समस्या हटेलगत्तै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुख्य सडक निर्माणका लागि भएको तोडफोड र त्यसपछि निर्माणाधीन अवस्थाका कारण व्यापार, व्यवसाय थला परेको उनले बताए । चुुनावी सरगर्मीले धेरै हदसम्म व्यापार व्यवसाय बढाएको अध्यक्ष ओझाले बताए । त्यसैगरी, धनगढीमा होटल व्यवसाय गरिरहेका दहिटान घरका सञ्चालक विरेन्द्र चौधरीले पनि यस बेला व्यापार बढेको बताएका छन । चुनाव वा के कारणले हो थाहा नभएको बताउदै उनले अहिले व्यापार बढेको बताए । चुनावका बेला राजनीतिक दल र विशेषगरी उम्मेदवारले खर्च गर्ने गरेको स्थानीयले बताएका छन ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै गएको बेला मतदाताले पनि चुनावी चर्चा गर्न थालेका छन् । बिहान–साँझ चिया पसल, होटलमा जमघट भएर उनीहरुले पनि चुनावी चर्चा गर्न थालेका हुन् । चिया पीउदैै मतदाताबाट जितहारको आँकलनसंगै राजनीतिक दलहरूले विगतमा गरेका बाँचा पनि उनीहरूले सम्झन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ जुनसुकै चुनावको बेला पनि चर्चामा रहँदै आएको छ । यसपटक सबै दलहरुले नयाँ अनुहारका उम्मेदवार बनाए पछि चिया पसल, होटलमा जघमघट हुने र जितहारको विषयमा अडकलबाजी हुने गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढी गाउँका भवानीदत्त भट्टले दलहरुले विगतमा गरेका प्रतिबद्धता कतिपय पूरा भए पनि जनताको अपेक्षानुसार काम नभएको बताए ।

उनले यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र स्वतन्त्र उम्मेदवार प्यारेलाल रानाबिच मुख्य प्रतिस्पर्धा हुने बताए ।“जित्ने नजित्ने पछिको कुरा हो, तर स्वतन्त्र उम्मेदवार राना पनि बलियो उम्मेदवार छन” उनले भने । “मलाई लाग्छ, उनी सहित चार दलबिच मुख्य प्रतिस्पर्धा हुन्छ ।” नेपाली कांग्रेसबाट नरनारायण शाह मनु, एमालेबाट यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिस्ट पार्टीबाट प्रेमबहादुर आले र रास्वपाबाट आनन्दबहादुर चन्द उम्मेदवार बनेका छन् ।

सबै उम्मेदवार जनतामाझ लोकप्रिय देखिएकाले कसले बाजी मार्ने भन्ने सवालमा अहिले केही भन्न नसकिने स्थानीय सन्तराम रानाले बताए । स्थानीय नेता समेत रहेका शिवराज रानाले भने कांग्रेसका शाह र स्वतन्त्र उम्मेदवार रानाबिच कुनै समुदाय विशेषको मत भागवण्डा भएमा फाइदा एमालेका ढुङ्गानालाई हुने बताएका छन ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो