"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशका ४६ वटा मतदानस्थल हिमपातको जोखिम्को सूचीमा

No data was found

Khabar Raftar

माघ १८ धनगढी । आगामी फागुन २१ गते हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशका ४६ वटा मतदानस्थलहरु हिमपातको जोखिम सूचीमा राखिएका छन । बाजुराका २२, डडेलधुराका १९ र बझाङका पाँच वटा मतदानस्थललाई हिमपात हुनसक्ने जोखिमको सूचीमा राखिएको हो ।

फागुन तेस्रो साता पनि हिमपात हुनसक्ने जोखिम भएकाले जोखिमको सूचीमा राखिएको हो । दार्चुलाको टिंकर र छाङरु मतदानस्थलमा हिमपात हुने भए पनि यो समयमा ती मतदानस्थलका मतदाताहरू सदरमुकाम खलंगा बसाइँ सर्ने भएकाले खलंगामै मतदानस्थल निर्धारण गरिएको छ ।

हिमाली गाउँपालिकामा पाँच वटा,स्वामीकार्तिक गाउँपालिकामा ६ वटा, जगन्नाथ गाउँपालिकामा एउटा, गौमूल गाउँपालिकामा तीन वटा, खप्तडछेडेदह गाउँपालिकामा तीन वटा, त्रिवेणी नगरपालिकामा दुई वटा र बूढीनन्दा नगरपालिकामा दुई वटा मतदानस्थल हिमपातको जोखिममा रहेको मतदानस्थल भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी गराए ।

बझाङमा साइपाल गाउँपालिकाका पाँच वटै मतदानस्थल हिमपातको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बझाङले जानकारी गराएको छ । धलौन मावि १ र २, काँडा, धुली र एडाडकुडी डाँडा मतदानस्थल हिमपातको जोखिममा रहेका     छन् । त्यसैगरी डडेलधुरामा १९ वटा मतदानस्थलहरु हिमपातको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय डडेलधुराले जनाएको छ ।

अजयमेरु गाउँपालिकामा ४, अमरगढी नगरपालिकामा ३, आलीताल गाउँपालिकामा ३, गन्यापधुराका ४, नवदुर्गा गाउपालिकाको एक र भागेश्वर गाउपालिकाका चार वटा मतदानस्थलहरुलाई हिमपातको जोखिमको सूचीमा राखिएको छ ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले दार्चुलाको समस्या समाधान भइसकेको जानकारी गराउदै अन्य जिल्लाले हिमपातको जोखिममा राखेका मतदानस्थलको हकमा जिल्ला सुरक्षा समितिले गर्ने निर्णय अनुसार निर्वाचन आयोगले विकल्प दिने बताएका छन ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो